• मंसिर १२ २०८१, बुधबार

बाबुको मुख हेर्ने दिन मनोज गजुरेल आफ्नै आमाको आवतारमा प्रस्तुत

भाद्र ११ २०७९, शनिबार

काठमाडौं । आज कुशे औँशी अर्थात् बाबुको मुख हेर्ने दिन । बाबुको मुख हेर्ने दिनको अबसर पारेर कलाकार मनोज गजुरेलले आफ्नै आमाको अबतारको रुपमा प्रस्तुत भएका छन् ।

गजुरेल नेपालको नेताहरुको मात्रै नभई विश्वकै नेताहरुको पनि क्यारिकेचर गर्छन् । आज भने गजुरेलले आफ्नै आमाको आवरणमा देखिएका छन् । पहेँलो फुलबुट्टे सारी, ढाकाको चोली र पछ्य्यौरी, सेताम्मै फुलेको कपाल अनि आँखा मुनी डार्क सर्कल बनाएका छन् ।

बाबाको मुख हेर्ने दिनको अवसरमा आफ्नै आमासँग तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेका छन्। उनले भनेका छन्, ‘बाबाको मुख हेर्ने दिन दुई आमाको मुखामुख।’

त्यसअघि आफ्नो आमाको अवतारको तस्बिर राख्दै उनले लेखेका थिए- ‘आमाको अनुहार छोरासँग मिल्नु र छोराको अनुहार आमासँग मिल्नु ! संयोग हैन, सत्य हो।’