• आश्विन १४ २०८१, सोमबार

लिःल फङ (घले समाज) को रकम हस्तान्तरण कार्यक्रम सम्पन्न

भाद्र १० २०७९, शुक्रबार

काठमाडौं । बुधबार लिःल फङ (घले समाज) को आयोजनामा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखास्थित बारपाकमा भएको कार्यक्रममा विभिन्न संघ-संस्था र देश विदेशमा रहेका घले र गैरघलेहरुले चन्दा संकलन गरी घले समाजको भवन बनाउनको लागि सहयोग गरिएका थिए ।

भवन निर्माणका लागि गोरखा भूपू बृटिसका गोरखा सैनिक सन्तलाल घलेले आठ आना जग्गा दान दिएका छन् । लिःल फङ (घले समाज)का संस्थापक संयोजक धन घलेको नेतृत्वमा संकलित रु १२ लाख रकम बुधबार एक कार्यक्रमका बिच रकम सहयोग गर्ने व्यक्तिहरुको नाम बाचन गरेर सुनाइयो ।

कार्यक्रमका बिचमा आफ्नो ब्यक्तिगत तर्फबाट धन घले र उनकी धर्मपत्नी मिना घलेले जिल्ला अध्यक्ष रामबहादुर घलेलाई रु एक लाख पाँच सय रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा धन घलेले जातिलाई राज्यले विभेद गरेको र अहिलेसम्म सूचिकृतमा नपरेकोमा दुखेसो पोखेका थिए । उनकी धर्मपत्नी मीन घलेले पनि उनको समुदायको तर्फबाट विदेशबाट थप रकम जम्मा गरी आगामी दिनमा सहयोग गर्ने बाचा गरेकी थिइन् ।

यसरी बोल्ने क्रममा गण्डकी प्रदेश घले समाजका सचिव शुकबहादुर घलेले पनि रु ५० हजार रकम हस्तान्तरण गरे । उनले सबै मिलेर अगाडि बढ्नुका साथै भावी दिनहरुमा राजनीतिमा समेत चासो दिनु पर्ने कुरामा जोड दिए । उनले राजनीतिमा पहुँच भएमा सबैमा सफल हुने कुरा जानकारी दिए ।

त्यस्तै समाजसेवी एवम् लमजुङ जिल्लकाा घले समाजका अध्यक्ष वीरसिंह घलेले घले जातिको विषयमा कुरा राख्दै छोटो समयमा जग्गा उपलब्ध गरी ठूलो भवन बनेकोमा घलेहरुले गौरव गर्नु पर्ने कुरामा जोड दिए । उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद पनि व्यक्त गरेका थिए ।

काशी गाउँपालिका-६ का वडाअध्यक्ष धनकुमार घलेले मनतव्यमा घले समाजको दिनानुदिन भएको सफलतामा खुशी लागेको बताए । रकम हस्तान्तरण कार्यक्रम समाजका अध्यक्ष रामबहादुर घलेले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको विसर्जन गरेका थिए ।

 

कार्यक्रममा समाजका महासचिव प्रेमबहादुर घलेपनि उपस्थित थिए ।