• मंसिर १२ २०८१, बुधबार

केन्यामाथि ५ विकेटले हराउँदै नेपालको जित

भाद्र ९ २०७९, बिहीबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्याविरुद्धको टी-ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा जित हासिल गरेको  छ । नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस हारेर पहिले ब्याटिङ गरेको थियो ।  २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनायो ।  जितका लागि दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।  नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाउँदा आसिफ शेखले १९ रनको योगदान गरे ।

नेपालका लागि आरिफ शेखले २४ रन बनाउँदा रोहित पौडेलले १३ रन जोडे । बलिङतर्फ केन्याका लागि लुकास ओउच र विराज पटेलले दुई–दुई विकेट लिए । त्यस्तै निहेमिहा ओडिआम्बोले एक विकेट लिए ।

केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै लुकास ओउचले ३० रन बनाउँदा नेल्सन ओडिम्बेले १९, सचिन बुढाइले १७ रन जोडे ।

दुई टोलीबीचको दोस्रो खेल भदौ १० गते हुनेछ ।