• आश्विन १४ २०८१, सोमबार

प्रहरी श्रीमती संघको हस्तकला प्रदर्शनी कार्यक्रम

भाद्र २ २०७९, बिहीबार

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिक उत्सवको अवसरमा संस्कृति, परम्पगत र पौराणिकताको प्रवद्र्धन तथा सम्बद्र्धन घरेलु तथा हस्तकला प्रदर्शनी २०७९ विहिबार कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी प्रधान कार्यलय नक्सालमा अनावश्यक वस्तुलाई विभिन्न वातावरणमैत्री संस्कृति प्रवद्र्धन र पौराणिक लोक संस्कृति झल्काउने उद्देश्यका साथ हस्तकला प्रदर्शनी कार्यक्रम गरेको हो ।

उक्त हस्तकला प्रदर्शनीमा अनावश्यक वस्तुलाई अमूल्य बस्तु बनाई त्यसलाई प्रयोगमा ल्याउन सकिन्छ भन्ने सन्देश दिनकोलागि विभिन्न विद्यालयका विद्यार्थीहरुलाई स्थलगत अनुगमन गराई यस्ता विषयमा पनि ज्ञान दिनकोलागि समावेश गराइएको थियो ।

नेपाल प्रहरीका महानिरिक्षक (आईजी) धिरजप्रताप सिंहका धर्मपत्नी कुसुमलत्ता सिंहले भान्साबाट निस्किएको फोहोरलाई संकलन गरी कौंशी खेतीमा प्रयोग गर्नाले बातावरणमैत्री हुने बताइन् । उनले वर्तमान समयमा फोहोर व्यवस्थापनले नेपालकै राजधानी काठमाडौंमा विकराल अवस्था सिर्जना भएको बताउदै यसले प्रत्यक्ष नागरिकको जनजीवनमामा असर पार्ने बताइन् ।

सिंहले भान्साबाट निस्किएको फोहोरलाई संकलन गरी कौंशी खेतीमा प्रयोग गर्नाले बातावरण मैत्री अवस्था सिर्जना हुने बताउदै घरटोलमा जम्मा भएका फोहोरलाई व्यवस्थापन गर्न सकेमात्र स्वालम्बनी नागरिकको परिचय दिन सकिने उनको भनाई छ।

नेपाल प्रहरी निरिक्षक (डिआईजी) अशोक सिंहका धर्मपत्नी प्रज्ञा राज्यलक्ष्मी राणाले विद्यार्थीललाई यहि तहबाट नै अनावश्यक बस्तुलाई सदुपयोग गर्न जागरुक बनाउन र अन्य ज्ञानमूलक जानकारी दिनका लागि कार्यक्रम संचालन गरिएको बताइन् ।

उनले विशेष गरी विद्यार्थीहरुलाई जनचेतना फैलाउन र ज्ञान हासिल गराउनकोलागि अनावश्यक बस्तुलाई सदुपयोग गरी जागरुक बनाउन र अन्य ज्ञानमूलक जानकारी दिनका लागि कार्यक्रम संचालन गर्नु परेको उनले जानकारी दिइन्

हस्तकला प्रदर्शनी कार्यक्रममा स्थल राख्नु भएकी नेचर्स प्राइडका करुणा शाहले कुनै पनि अखाद्य किसिमको सामान नमिसाई बनाइएको अर्गानिक घ्यू, मह आदि घरेलु वस्तुको प्रयोग गर्नु पर्ने बताउदैे वातावरण मैत्री कोरियन क्रिमको पनि प्रचार गरिन् ।

अनावश्यक सामान बाट पनि केहि राम्रो सामान बनाउन सकिन्छ भन्ने ज्ञान दिन कार्यक्रम आयोजना गरिएको हस्तकला प्रदर्शनी कार्यक्रममा सहभागी अनुश्री पाख्रीनले बताइन् ।

त्यसैगरी सुचिताराज उपाध्यायले हस्तकला प्रदर्शनीमा राखिएका सम्पूर्ण सामाग्रीहरु हातबाट बनाइएको जानकारी बताए ।

नेक्सस् इन्टरनेश्नल ऐकेडेमीका विद्यार्थी मिलन भण्डारीेले नयाँनयाँ घरेलु सामान देख्न पाउँदा एकदमै खुशी लागेको बताए ।

कार्यक्रमललाई अझ उत्कृष्ट बनाउन उद्यमी संस्थाहरुले नेपाली अचार, गुन्दु्रक आदि नेपालमै बनाएको मौलिक खाने कुराको प्रवद्धन गरिएको छ ।