काठमाडौं । खगोलविद्हरुले पृथ्वीजस्तै नयाँ ग्रह पत्ता लगाएका छन् । नासाका खगोलविद्हरुले पृथ्वीभन्दा करिब ३७ प्रकाश वर्षको दूरीमा एक रातो ड्वार्फ स्टारलाई परिक्रमा गरिरहेको ग्रह पत्ता लगाएको जनाएका छन्।
उक्त ग्रहको द्रव्यमान भने पृथ्वीभन्दा करिब चार गुणा बढी रहेको वैज्ञानिकले बताएका छन्। तर, यो ग्रह आफ्नो ताराको हेभिटेबल जोनमा परिक्रमा गर्ने भएकाले यसको सतहमा पानी हुनसक्ने वैज्ञानिकले आशंका गरेका छन्। खगोलविदका अनुसार सो ग्रहको वायुमण्डल पृथ्वीसँग मिल्दोजुल्दो भएकाले सतहमा पानी हुन सक्ने आशंका गरेका हुन् ।
साथै नासाले यस ग्रह र ताराको दूरी पृथ्वी र सूर्यको तुलनामा ०.०५ गुणा रहेको बताएको छ। ब्रह्माण्डमा जीवनको अध्ययन गर्नका लागि ड्वार्फ स्टारलाई वैज्ञानिकले उपयुक्त लक्ष्य मान्दै आएका छन्। तर त्यस्ता ताराको प्रकाश कम हुने भएकाले खोजका लागि भने कठिन हुने गर्दछ।
द एस्ट्रोफिजिकल जर्नल लेटर्स जर्नलमा, वैज्ञानिकहरूले मङ्गलबार मात्र १.५ मिलियन वर्ष पुरानो संसारको लागि आकर्षक प्रमाण घोषणा गरेका छन् । जसलाई अहिलेसम्म फेला परेको सबैभन्दा कान्छो ग्रहहरू मध्ये एक भएको बताएका छन् ।