• फाल्गुन २४ २०८२, आईतवार

रोनाल्डोले भने- म विरुद्ध सयौ झुट समाचार बने त्यसमध्ये पाँच वटा समाचार मात्रै सत्य छ

भाद्र १ २०७९, बुधबार

एजेन्सी । पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफू र म्यानचेस्टर युनाइटेडको विषयमा भइरहेको चर्चा झुट रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

रोनाल्डोले केही सातामा अन्तर्वार्तामार्फत् सबै कुरा प्रष्ट पार्ने जनाएका छन् । उनले पछिल्लो महिना १ सय समाचारमा ५ मात्र सत्य रहेको पनि बताए।

‘पछिल्लो समय मेरो भविष्यका बारेमा सयौं समाचारहरु सार्वजनिक भए। तर, ती समाचारमा आएका कुनै पनि कुरा सत्य छैन,’ रोनाल्डोले भने, ‘म केही दिनमै मेरो युनाइटेड भविष्यको बारेमा स्पष्ट पार्नेछु ।’

समर्थक लेन्दारियोले आफ्नो इन्स्टाग्राममा एकाउन्टमा एटलेटिको मड्रिडले रोनाल्डोलाई अनुबन्ध गर्न चाहे पनि समर्थकको विरोधका कारण क्लब अघि नबढेको लेखेका थिए।