• मंसिर १२ २०८१, बुधबार

काठमाडौंको बालाजुस्थित जुत्ता-चप्पल कारखानामा आगलागी (तस्विरहरु)

श्रावण २५ २०७९, बुधबार

काठमाडौंको बालाजुस्थित बाइसधारामा आगलागी भएको छ । जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले बताए ।

आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा उपलब्ध दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आगलागीमा मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । आगलागी अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।