• मंसिर १२ २०८१, बुधबार

गायिका मेलिना राईले इन्गेजमेन्ट तोड्दै सामाजिक सञ्जालमा यस्तो लेखिन्

श्रावण २० २०७९, शुक्रबार

काठमाडौं । चर्चित गायिका मेलिना राईले इन्जेगमेन्ट तोडेको घोषणा गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेकी हुन् ।

उनले आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको बताइन् । ‘केही समय अगाडि मैले आफ्नो इन्जेगमेन्ट गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो’, राईले भनेकी छन्, ‘एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोच सहित त्यो निर्णय गरिएको थियो  समय छोटै भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन ।’ धेरै आत्मसमीक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षका साथ यो निर्णय लिएको राईको भनाइ छ ।

उनले सबै इन्गेजमेन्टहरु विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने बताएकी छन् । ‘त्यसैले आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यही सामाजिक संजालमार्फत सार्वजानिक गर्दछु’, उनले भनेकी छन् ।

उनले भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।