• आश्विन १४ २०८१, सोमबार

लायन्स क्लब नेपालले विष्णुमती करिडोरमा वृक्षारोपण गर्दै

श्रावण ६ २०७९, शुक्रबार

काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ (जे) नेपालले साउन ७ गते शनिवार बिहान ७.३० बजे बालाजु विष्णुमती करिडोरमा वृक्षारोपण कार्यक्रम गर्ने जानकारी गराएको छ । क्लबका सचिव एलसीके अग्रणीद्वारा प्रकाशित सूचनामा उक्त कुरा उल्लेख गरिएको छ ।

यो वृक्षारोपण कार्यक्रममा सहभागिताका लागि बागमती एरियामा रहेका सम्पूर्ण रिजोन तथा जोनहरूलाई मातहतका क्लबहरूको नाम दर्ता गराई सहयोग गर्नका लागि पनि अनुरोध गरिएको छ ।

कार्यक्रमका बारेमा थप जानकारी लिन तथा अस्पष्ट भएका कुराहरूको सोधपूछका लागि बालाजु चमतीस्थित डिस्ट्रिक्ट सचिवालय कार्यालय तथा कार्यक्रमका संयोजक शिवराम फुयाँल र लायन विना श्रेष्ठलाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

साथै, कार्यक्रम सभ्य र भव्य बनाउन सम्पूर्ण क्लवहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध पनि गरिएको छ । उक्त वृक्षारोपण कार्यक्रममा पशुपति विकास कोष, वन विभाग, स्थानीय समुदायका लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थितिका लागि पनि अनुरोध गरिएको छ ।