• आश्विन १४ २०८१, सोमबार

‘कबड्डी ४’ कि नायिका मिरुना मगरले पाइन् ‘ब्रुनेल गोल्डेन’ अवार्ड

श्रावण ४ २०७९, बुधबार

 काठमाडौं ।  ऐतिहासिक चलचित्र ‘कबड्डी ४’ कि नायिका मिरुना मगरले ब्रुनेल गोल्ड अवार्ड हात पार्न सफल भएकी छिन् ।

मगरले बु्रनेल गोल्डेन युनिभर्सिटी अफ लण्डनबाट चिल्ड्रेन युथ एण्ड इन्टरनेश्नल डेभलपमेन्ट विषयमा मास्टर्स विथ मेरिटका साथमा सो अवार्ड हात पार्न सफल भएकी हुन् । चलचित्र कबड्डी ४ शान्ति मिसको नामले चर्चा कमाउन सफल मिरुनाले सो अवार्ड हात पारे लगत्तै उनलाई बधाईको ओइरो लागेको छ ।

उनको यो सफलतामा उनका काकाले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । उनले सफलताको शिखर चुम्दै जानु भनी मिरुनालाई आशिर्वाद व्यक्त गरेका छन् ।

साथै उनले मिरुनाका बाबा धन र आमा शशीलाई पनि छोरीको सफलतामा बधाई ज्ञापन गरेका छन् । मिरुनाले यसअघि बाल्यकालदेखि नै उनका पिता धन मगर युकेका लाहुरे भएकाले उहिँ अध्ययन गर्न अवसर पाएको कुरा एक अन्तवार्तामा बताएकी थिइन् । उनी हाल एक शिक्षित चलचित्र नायिकाकी रुपमा पनि चर्चित छिन् ।

यसररी उनी सबैका लागि एक प्रेरणाकी स्रोत बन्न सफल भएकी छिन् । उनले हालसम्म आधा दर्जनभन्दा बढि चलचित्र र म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।