रावणका बाजेको नाम अनाम प्रजापति पुलत्स्य थियो । पुलस्त्य ब्रह्माका दश पुत्रमध्ये एक थिए । यस कारण रावण ब्रह्माका नाती थिए । साधु विश्रवा उनका पिता थिए ।
रावणले आफ्ना बुबा र बाजेका ऋषि तथा साधु संस्कार अवलम्बन नगरे पनि उनी निकै विद्वान भने थिए । उनीद्वारा रचित ‘रावण संहिता’ हिन्दु ज्योतिषशास्त्रमा अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
रामायणमा भनिएको छ, रावणले भगवान रामका लागि यज्ञ गरेका थिए । त्यो यज्ञ गर्न रावणको लगि धेरै जरूरी थियो ।
किनभने, लङ्कासम्म पुग्नका लागि जब रामका सेनाले पुल बनाउन सुरू गरेका थिए, तब शिवजीको आशिर्वाद पाउनुभन्दा पहिले उनलाई रामको आराधना गर्नु परेको थियो ।
त्रिलोकपति थिए रावण :
रावण स्वर्ग, नर्क र पृथ्वी गरी तीनै लोकका स्वामी थिए । उनले ईन्द्रलोकलाई मात्र नभएर भूलोकको पनि ठूलै हिस्सा आफ्ना शासन अन्तर्गत ल्याएका थिए ।
रावण आफ्नो समयका सबैभन्दा ठूला विद्वान मानिन्थे । रामायणमा वर्णन भएअनुसार लडाइँका बखत रावण मृत्यु सैय्यामा रहेका बेला रामले आफ्ना भाइ लक्षणलाई उनीसँग ज्ञान लिन पठाए । रावणले लक्ष्मणलाई राम्रो हितोपदेश पनि दिएका थिए ।
रावण संगीतप्रेमी पनि थिए । तस्वीरमा उनले बीणा बजाएको पनि देखिन्छ । पौराणिक कथामा पनि उनको संगीत मोहबारे चर्चा गरेको पाइन्छ ।
संगीत शैखिन रावण वीणा बजाउन निकै सिपालु थिए । रावणले वीणा बजाएर निकाल्ने सुमधुर धुन सुन्न देवताहरू पनि लङ्कामा आउँथे ।
ग्रहहरू रावणको बसमा थिए :
रावणले आफ्नो शक्तिका कारण नवग्रहलाई आफ्नै अधिकारअन्तर्गत अधीनमा राखेका थिए । रावणका छोरा मेघनाथको जन्म हुँदाका बखत लंकेश रावणले ग्रहहरूलाई अतिथीहरूको रूपमा ११औं स्थानमा बस्न आसन ग्रहण गराएका थिए ।
यसबाट मेघनाथलाई अमरत्व मिल्न सकोस् भन्ने रावणको सदिच्छा थियो । तर शनिदेवले यसो गर्न नमानेर १२ औं अवस्थामा बसिदिए । रावण शनिसँग यति कुद्ध भए कि शनिमाथि आक्रमण गरेर बन्दी बनाएर राखे ।
रावणलाई पहिलेदेखि नै थाह थियो कि विष्णु भगवानको हातबाट मर्न पाए उनलाई मोक्ष प्राप्त हुनेछ र उसको असुर स्वरूपको पनि विनाश हुनेछ ।
१० शीरको अनौठो प्रसङ्ग :
रावणको १० शीरको प्रसङ्ग पनि अनौठो छ । रावणले भगवान शिवलाई प्रशन्न गराउन घोर तपस्या गरिरहेका बेला शिव खुशी नभएको महसुस गरी तपस्यारत रावणले आफ्नै शीरलाई दश टुक्रामा पारेर शरीरबाट अलग्याएका थिए ।
रावणको यस्तो अतिभक्ति देखेर शिवजी प्रसन्न भई रावणको टुक्राटुक्रा भई भूइँमा झरेको शीरको टुक्राहरू मिलाएर दशवटा शीर बनाइदिए । शिवजीले नै उनको नाम रावण राखेका थिए ।
शिवजीलाई कैलाशबाट लङ्का ल्याउने प्रयत्न :
शास्त्रमा बताइएअनुसार रावणले शिवजीलाई कैलाशबाट श्रीलङ्का लैजान चाहन्थे । तर शिवजी राजी थिएनन् । शिवजी ध्यानमा बसिरहेको बेलामा सिङ्गो पर्वतलाई नै उठाएर ध्यान गरिरहेका शिवजीलाई ल्याउने प्रयास गरेका थिए ।
तर रावणको यो चाला थाह पाएर शिवजीले आफ्नो एक खुट्टा कैलाश पर्वतमा राखे, जसले गर्दा रावणको हात पर्वतको फेदमा च्यापिन पुग्यो । दु:खाइ असैह्य भएपछि रावण पर्वत नै हल्लाउने गरी जोडले चिच्याएका थिए ।
रावण नाम शिवले राखिदिएका थिए :
शिवजीको यति ठूलो ताकत देखेर रावण चकित परे । उनले पुन: शिवजीलाई रिझाउने प्रयत्न गरे । यो तरिका थियो, शिवलाई मन पर्ने शिव ताण्डव !
उनले पहाडै थर्काउने गरी ठूलो आवाजमा कलात्मक रूपमा शिव ताण्डव गाउँदा शिव स्वयम् आश्चर्यमा परेका थिए । रावणको यो ताण्डव गीत सबैभन्दा जब्बर र अद्वितीय मानिन्छ ।
शिवजीलाई यति धेरै अनौठो लाग्यो कि यस्तो दु:खाइ हुँदा पनि शिव ताण्डव गाइराखे । शिव खुशी भएर उनको नाम रावण वा गर्जन राखिदिएका थिए ।
मन्दोदरीको चिच्याहट र रामयज्ञ भङ्ग :
रावण रामसँगको युद्धमा हार्दै थिए । रावणको फौज ध्वस्त भइसकेको थियो । जब लडाकुहरूमध्ये आफू मात्र बचेको रावणलाई बोध भयो, उनले ‘राम यज्ञ’ गर्ने निश्चय गरे । यो यज्ञले तुफान ल्याउन सक्थ्यो ।
तर यस यज्ञका लागि उनी एकाग्र भएर एकै स्थानमा बसिरहनु पर्दथ्यो । रामले रावणको यो चतुर्याइँ बुझेर बाली पुत्र अंगदलाई रावणको यज्ञमा बाधा पुर्याउन पठाए ।
अंगदले यज्ञमा बाधा पुर्याउन अनेकौं प्रयत्न जारी राखे । केही सिप नलागे पछि अन्तिम उपायका रूपमा अंगदले रावणकी पत्नी मन्दोदरीलाई घिच्याउन थाले ताकि रावण यो देखेर आफ्नो स्थान छोडून् ।
तर रावण यज्ञस्थलबाट हलचल नै गरेनन् । यस्तो देखेर अंगदको घिच्याइबाट आजित हुन पुगेकी मन्दोदरी रावणको अगाडि रूदै र चिच्याउँदै भनिन्, ‘एकातिर एकजना राम छन्, जसले आफ्नी पत्नीका लागि युद्ध गरेका छन्, अर्कोतिर तपाईं हुनुहुन्छ जो आफ्नी पत्नीलाई बचाउन आफ्नो स्थानबाट हलचलसमेत गर्न सक्नुहुन्न ।’
मन्दोदरीको यस्तो कुरा सुनेर रावण उक्त यज्ञ पूरा नगरिकन त्यहाँबाट उठेर आए । यज्ञ भङ्ग भयो, रामबाट रावण मारिए ।
आखिर को थिए रावण कुम्भकर्ण :
रावण र कुम्भकर्ण वास्तवमा विष्णु भगवानका द्वारपाल जय र विजय थिए । तिनीहरू एक वालऋषिको श्रापका कारण लङ्कामा राक्षस कुलमा जन्म लिन पुगेका थिए । यही श्रापका कारण उनीहरूले आफ्ना आराध्य विष्णुका अवतार रामसँग लड्नु परेको थियो ।
रामले रावणसँगको वातचितमा रावणलाई ‘महाब्रह्मा’ भनेर सम्बोधन गरेका थिए । यस कारणले पनि कि रावण ६४ कलामा निपूर्ण थिए । यस्तो भनिन्छ कि रावण महिलाहरूसँग छिट्टै आशक्त हुन्थे । आफ्नो यही कमजोरीका कारण नालाकुराकी पत्नीको श्रापमा परेका थिए ।
उनको श्राप अनुसार रावणले आफ्नो जीवनमा ‘कुनै पनि स्त्रीलाई स्वीकृति र इच्छाविना स्पर्श गर्न नसक्ने’ भए । इच्छाविपरीत गएमा रावणको विनाश निस्चित थियो । यही कारणले रावणले सीतालाई छुन सकेका थिएनन् ।
दशग्रीव र पुष्पक विमान :
रावणलाई दश शीरका कारण दशग्रीव भनिन्छ । यसले उनको उदभूत बुद्धिमतालाई दर्शाउँछ । रावण आफ्नो समयको विज्ञानमा धेरै ठूलो ज्ञाता थिए ।
उनीसँग पुष्पक विमान थियो । भारतको क्लासिकल बाजा रूद्र वीणाको खोज रावणले नै गरेका थिए । रावण शिवजीका धेरै ठूला भक्त थिए । उनी दिनरात शिवको आराधना गरिरहन्थे ।
रावणका धेरै नाम थिए, जसमा दशाननु सवैभन्दा लोकप्रिय नाम थियो । भारत र श्रीलंकामा यस्ता कैयौं स्थान छन् जहाँ रावणको पूजा गरिन्छ ।
उर्दूमा अनुदित छ रावणको लाल किताव :
लाल किताबका असली लेखक रावण नै थिए । यस्तो पनि भनिन्छ कि रावणको आफ्नो अहङ्कारकै कारण आफ्नो शक्ति क्षिण हुँदै गएको थियो । उनले प्रख्यात लाल कितावको प्रभाव पनि गुमाउनु परेको थियो । यो अरबमा आइपुग्दा उर्दू र फारसी भाषामा अनुवाद गरिएको थियो ।
रावण एक पटक बालीसँग पराजित भैसकेका थिए । बालीलाई सूर्यको आर्शिवाद प्राप्त थियो भने रावण शिवजीबाट प्राप्त वरदानस्वरूप अहंकारले बालीलाई चुनौती दिएका थिए ।
बालीले सुरूमा ध्यान दिएनन् तर रावणले जब उसलाई पटक पटक हैरान पार्न थालेपछि बालीले रावणको शीरलाई आफ्नो भूजामा दबाएर आकाशमा उडाएका थिए । रावणलाई ६ महिना पछि मात्र छोडिदिएका थिए ।
विश्वकर्माले निर्माण गरेका थिए सुनको लंका :
श्रीलंकाको निर्माण विश्वकर्माले गरेका थिए । उक्त लंकामा रावणका सौतेनी दाइ कुबेर विराजमान भइरहेका थिए । जब रावण तपस्याबाट फर्किआए तब कुबेरसँग पूरै लंका खोसेर लिएका थिए ।
यस्तो भनिन्छ कि रावणको राजमा गरीब भन्दा गरीबको घर पनि सुनको बनाइदिएका थिए । यसले गर्दा उसको लंका नगरमा खुब ख्याती थियो । दक्षिण भारत र दक्षिण पूर्वी एशियाका कैयौं स्थानमा रावणको पूजा गरिन्छ ।
अनेकौं संख्यामा उनका भक्तहरू छन् । कानपुरको कैलाश मन्दिरमा वर्षको एक पटक दशहराको दिन खुल्दछ, जहाँ रावणको पूजा गरिन्छ । यसको साथै आन्ध्र प्रदेश र राजस्थानका केही स्थानमा रावणको पूजा गरिन्छ ।