वीरेन्द्रनगर, प्रकाश बराल । कालिकोट जिल्लाका लोकप्रिय युवा नेता तथा पलाँता गाउँपालिकका प्रथम अध्यक्ष लक्ष्मणबहादुर बमले खेलाडी राष्ट्रका गहना भएकोले संरक्षण गर्ने काम पनि आफूहरुको बताएका छन् ।
उनले १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय र कर्णाली प्रदेश स्तरीय राष्ट्रिय खेलका लागि छनौट प्रतियोगितामा कालिकोटबाट भाग लिन प्रदेश राजधानी सुर्खेत गएका खेलाडीहरुको खाने र बस्ने व्यवस्था गरिदिएका छन् ।
उनले कराँते, तेक्वान्दो र अन्य खेलमा सहभागी हुने खेलाडीहरुलाई होटेलमा खान र बस्नको व्यवस्था गरिदिएका हुन् ।
नेपाल गोजु-रियो कराँते दो-संघ शाखा कालिकोटका अध्यक्ष प्रेमसिंह तिरुवासँग उनले कालिकोटमा कराँते खेल सञ्चालनमा छ या छैन ? भन्ने प्रश्नको जवाफमा तिरुवाले कालिकोटमा खेलहरु सञ्चालनमा छन् तर खेलाडी गरिब हुने भएकोले राम्रो न त ट्रेनिङ गर्ने फिल्ड छ, न त खेलकुदका कुनै सामान नै छन्, भन्ने जवाफ दिए ।
कालिकोट जिल्ला खेलकुद विकास समितिले गरेको ट्रेनिङका लागि १३० जनाको हारहारीमा विद्यार्थी रहेको पनि उनले जानकारी दिए ।
ती खेलाडीलाई निःशुल्क ट्रेनिङ दिइएको तर त्यसभित्र पनि कति विद्यार्थी आफूसँग खेल खेल्ने र सिक्ने इच्छा भएको भएपनि नाजुक आर्थिक अवस्थाका कारण पछि परेको तिरुवाको भनाई रहेको थियो ।
कालिकोटमा अब्बल खेलाडीहरु रहेको तर आफूले ट्रेनिङ गर्दा लगाउने कराँते गि (ड्रेस) समेत किन्न नसक्ने अवस्था भएका खेलाडी रहेको तिरुवाको भनाई रहेको छ ।
आफूहरु लगाउने ड्रेस नभएपनि खेलाडी उत्पादन गर्ने हेतुले अगाडि बढिरहेको र खेलाडीलाई ट्रेनिङ गराउनका लागि एउटै ठाउँमा स्थापित हुन नसकेको उनको भनाई रहेको छ ।
तिरुवाले अध्यक्ष बमसितको कुराकानीमा कालिकोटमा रहेको कबर्ड हलमा ब्याट मिन्टन संघको एकलौटी राज चलेको गुनासो पनि गरे । तिरुवाको गुनासो सुनेपछि युवा नेता बमले खेलाडी राष्ट्रका गहना भएकोले संरक्षण गर्ने काम पनि आफूहरुकै भएको बताए ।
खेलकुदको नारा नै ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ राखिएको भन्दै नेता बमले कालिकोटका नाजुक अवस्थाका खेलाडी लाई ५० थान कराँते गि (ड्रेस) र ५० थान ट्रयाक सुट समेतको व्यवस्था गरिदिए । भयो ।