• मंसिर १२ २०८१, बुधबार

आजबाट उपत्यकामा साझाको विद्युतीय बस गुड्यो, सबै बसमा महिला चालक र सहचालक

असार २३ २०७९, बिहीबार

काठमाडौं । साझा यातायातले आजबाट तीनवटा विद्युतीय बस संचालनमा ल्याएको छ । ललितपुरको पुल्चोकबाट आज विद्युतीय बसको शुभारम्भ गरिएको हो।

सबै बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ । यही वर्ष थप ३७ थान विद्युतीय बस ल्याउने तयारी भइरहेको साझाले जनाएको छ।

आजबाट संचालनमा आएको दुईवटा बसहरु नयाँ बसपार्क/ बालाजु- ठमेल- रत्नपार्क-सिंहदरबार- बानेश्वर- मीनभवन हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म संचालन हुनेछन् । यस्तै, एउटा बस भने लगनखेल- लैनचौन- बाँसबासी हुँदै बूढानीलकण्ठसम्म संचालन हुनेछ ।

तस्वीरहरुः साझा यातायात