• मंसिर १२ २०८१, बुधबार

मगर भेजा समाज नेपालको केन्द्रिय कार्यालय काठमाडौँमा स्थापना

असार १८ २०७९, शनिबार

काठमाडौँ। नेपाल मगर भेजा समाज नेपालको केन्द्रिय कार्यालय काठमाडौँको मनमैजुमा उद्घाटन गरिएको छ। तारकेश्वर नगरपालिका-९ इन्द्रेणी पुलमा रहेको एन्जल्स स्पोर्टस ऐकेडेमीमा सो संस्थाको कार्यालय उद्घाटन गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक  उड्डयन  मन्त्रालयका अधिकारीले कार्यालयको उद्घाटन गरे।

पर्यटन तथा संस्कृति मन्त्री कार्यक्रममा सहभागी हुन नसकेका कारण सोही मन्त्रालयका सचिवले कार्यक्रम उद्घाटन गरेका हुन्  l मगर समुदायको भाषा, भेषभुषा -संस्कृति र परम्पराको जानकारी दिने  उद्धेश्यले सो संस्था स्थापना गरिएको सो कार्यक्रममा जानकारी दिइयो।

संस्थाका उपाध्यक्ष्य खिमबहादुर थापाले मगर संस्कृतिको बारेमा शिक्षा र चेतना फैलाउन र खासगरी हालको युवा पुस्ता, महिला तथा बालबालिकाहरुलाई  आफ्नो संस्कृति र परम्पराबारे चेतना जगाउने  उद्धेश्यले यो संस्थाको स्थापना भएको बताए । कार्यक्रमको अध्यक्षता पार्वती थापामगरले गरेकी थिइन् । थापा नेपालकै पहिलो महिला डिआइजी हुन् ।

थापाले समाजमा हुने हत्या तथा हिँसा न्यूनीकरणका लागि चेतना फैलाउने  उद्धेश्यले कार्यक्रम आयोजना गरिएको पनि जानकारी दिए।