काठमाडौं । नासाका बैज्ञानिकहरुले मंगल ग्रहको वायुमण्डलमा बादल रहेको पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरुले मंगल ग्रहको वायुमण्डल पृथ्वीको तुलनामा १ प्रतिशत मात्र गाढा रहेको प्रमाणहरु भेट्टाएका छन् ।
मंगल ग्रहको हावाको चाप कम रहेको र पानी मात्र ग्रहको सतहबाट वायुमण्डलमा वाष्प हुने कुरा अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । तर, अरबौं वर्ष पहिले ताल र नदीहरूले मंगल ग्रहलाई ढाक्दा वायुमण्डल गाढा भएको अनुमान बैज्ञानिकहरुले गरेका छन् ।
समय क्रमसँगै मंगल ग्रहले आफ्नो वायुमण्डल कसरी गुमायो भन्ने एउटा सिद्धान्तले सुझाव दिएको छ । विभिन्न संयन्त्रहरूले वायुमण्डलमा पानीलाई उच्च स्थानमा लैजान सक्छ । जहाँ सूर्यको विकिरणले ती पानीका अणुहरूलाई हाइड्रोजन र अक्सिजन (पानी दुई हाइड्रोजन परमाणु र एउटा अक्सिजन परमाणुबाट बनेको हुन्छ) भत्काउँछ ।
पृथ्वी जस्तै, मंगल ग्रहमा पानीको बरफबाट बनेको बादलहरू रहेका छन् । तर, पृथ्वीको विपरीत, यसमा कार्बन डाइअक्साइड (सुख्खा बरफ) बाट बनेको बादलहरू पनि रहेका छन् । जुन मङ्गल ग्रहको वायुमण्डललाई स्थानीय रूपमा जम्मा गर्न पर्याप्त चिसो बनाउँछ। यी बादलहरू कहाँ र कसरी देखा पर्छन् भन्ने कुरा बुझेर वैज्ञानिकहरूले मंगलको मध्य वायुमण्डलको संरचनालाई अझ राम्रोसँग बुझिरहेको नासाले जनाएको छ ।