• मंसिर १२ २०८१, बुधबार

बढ्दो बाढी, खडेरी र खाद्य सङ्कट

असार १३ २०७९, सोमबार

संयुक्त राष्ट्र संघको विश्व जल विकास प्रतिवेदनअनुसार आउने समयमा जलवायु परिवर्तनको कारणले पानी कि त कम होला कि बढी जसले गर्दा कृषि उत्पादकता कम हुनेछ ।

संयुक्त राष्ट्र संघको विश्व जल विकास प्रतिवेदनले चेतावनी दिएको छ कि जलवायु परिवर्तनले गर्दा पानीको उपलब्धतामा प्रभाव पार्ने छ जसका कारण वैश्विक खाद्यान्न उत्पादनको मौलिक स्वरूप बदलिन सक्दछ ।

यसरी समयसमयमा मौसममा हुने ससाना परिवर्तनले पनि खाद्य असुरक्षा, खाद्यान्नको मूल्य बृद्धि एवम् ग्रामीण क्षेत्रमा गरिबीको घटनाहरू बढाउन सक्दछन ।

स्थानीय मौसमको स्वरूपमा परिवर्तनको कारणले वर्ष २०४० सम्ममा प्रमुख बालीहरू गहुँ, धान, भटमास (सोयाविन) एवम् मकैको उत्पादनमा प्रभाव पर्नेछ ।

यस प्रभावलाई नेशनल प्रोसिडिङ्ग अफ द नेशनल एकेडेमी अफ साइन्सेज अफ द युनाइटेड स्टेट्स अफ अमेरिकामा विगत मई महिनामा प्रकाशित अनुसन्धान प्रतिवेदनमा अभिलिखित छ ।

यस प्रतिवेदनलाई उद्धृत गर्दै संयुक्त राष्ट्रले भनेको छ कि जलवायु परिवर्तनको कारणले यस्ता देशहरूमा यी चार मुख्य बालीका खेतहरू या सधैँ खडेरीग्रस्त हुनेछन् वा अत्यधिक वर्षाका कारण डुबान क्षेत्रमा परिणत हुनेछन् ।

उदाहरणका लागि २०२० एवम् २०६० को बीचमा भारतमा यति बेला गहुँको खेतीका लागि उपयोगमा आउको ३० प्रतिशत भूमि हरित गृह ग्यास उत्सर्जनको वर्तमान रूझानअनुसार अधिक वर्षा प्राप्त गर्नेछ ।

अर्कोतिर, मेक्सिको एवम् दक्षिण अफ्रिका जस्ता देशका ८० देखि ९९ प्रतिशतसम्म गहुँ हुने खेतले कम वर्षा ग्रहण गर्नेछ । अनुमानहरूमा भनिएको छ कि अफ्रिकाको केही भागसहित अमेरिका, अष्ट्रेलिया एवम् युरोपका भागहरू सुखा हुनेछन् । उष्णकटिबन्धीय क्षेत्र एवम् उत्तरतिर असिना पर्नेछ ।

यस क्षेत्रका लागि यस रूझानले यो दर्शाउँछ कि धान खेतीका लािग उपयोग हुने भूमिको १०० प्रतिशत, मकैको ९१ प्रतिशत एवम् भटमासको ८० प्रतिशत भागले आउँदा ४० वर्षहरूमा अत्यधिक वर्षाको सामना गर्नु पर्ने छ ।

यसबाट यो साबित हुन्छ कृषि कार्यको बढ्दो दर एवम् दिनदिनै मौसमको बढ्दो जोखिम एवम् परिवर्तनले आउँदो ६०–१०० वर्षहरू धेरै कठिन हुनेछन् । आउने समयमा तापमान एवम् वर्षा हुनेमा दीर्घकालिन परिवर्तन खाद्य सुरक्षाका लागि चिन्ताको कारण बन्नेछ ।

यस तथ्यका वावजुद वैश्विक खाद्य प्रणाली सामान्यतया बढ्दो क्यालोरीको माग पूरा गरिराखेको छ । उपरोक्त प्रतिवेदन अनुसार ८२.१ करोड मानिस (विश्व जनसंख्याको १० प्रतिशत) कुपोषित नै छन् एवम् यो सङ्ख्या बढ्दै जाने छ ।

विश्वभरिका कृषि प्रणालीहरू चाहे त्यो अर्धशुष्क भारतीय उपमहाद्वीप होस् वा उत्तरी अफ्रिकाको मध्यक्षेत्र होऊन्, सबै जलवायु परिवर्तनबाट उत्पन्न प्रभावबाट अत्यधिक असुरक्षित छन् ।

मनसुन प्रभावित भारतीय उपमहाद्विपमा जलवायु परिवर्तनका कारणले वर्षामा हुने बृद्धिका कारण डुबानको अवस्था पैदा हुने छ । बाढी अत्यधिक हुनेछ । कतै वर्षाको कमीले खडेरी एवम् अत्यधिक तापमानको स्थिति बन्ने छ ।

हिँउ पग्लिनाले पानीमा निर्भर तटीय क्षेत्रको खेतिपाती सबैभन्दा बढी असुरक्षित रहने श्रेणीमा राखिएको छ । यसका कारण उत्पादनमा कमी आउन सक्छ ।

साथै, बाढी एवम् खडेरीका घट्नाहरू बढ्न सक्नेछन् । पछिल्लो २० वर्षमा भूमिको सतहमा स्थित जलको कमी, भूजलको मात्रामा कमी, चरम सुख्खा दिनहरूमा बृद्धिजस्ता जलवायु परिवर्तनका प्रवाहक हुन सक्ने छन् । विशेष रूपले वर्षामा हुने तीब्रताका कारण कृषि उत्पादकत्वमा असर देखिने छ ।

जलवायु परिवर्तनले पानी एवम् पानीको कमीमा अधिकताले कृषिमा धेरै बढी प्रभाव पार्दछ । विश्वका कैयौं क्षेत्रहरमा पानीको कमी एउटा ठूलो चुनौतीका रूपमा देखा परिरहेको छ ।

जल प्रबन्धन कृषि कार्यका लागि धेरै महत्वपूर्ण हुन्छ । मानव जीवनका लागि बालीनाली र मुख्यतः खाद्यबाली उब्जाउनु आवश्यक छ । प्रतिवेदनमा भनिएको छ, जलवायु परिवर्तनलाई दृष्टिगत गर्दा कृषि जलप्रवन्धनका लागि दोहोरो चुनौती देखा परेको छ ।

प्रतिवेदन अनुसार पहिलो चुनौती कृषिको वर्तमान स्वरूपलाई अपनाएर पानीको कमी एवम् अधिकता (बाढी एवम् खडेरी) को स्थितिलाई निपटारा गर्नका लागि खडेरीको स्थितिमा पानीको उपलब्धता एवम् बाढीको बेला जल निकास हुनु पर्नेछ ।

दोस्रो चुनौती हरित गृह ग्यासलाई कम गरेर जलवायु परिवर्तनको बेगलाई कम गर्नु पर्ने हुन आएको छ । ई.सं. २०१७ को खाद्य कृषि संगठनको लामो अवधिको अनुमानलाई पनि सामुन्ने ल्याउँदै भनिएको छ कि कम एवम् मध्यम आय भएका देशहरू विशेषरूपले मध्यपूर्वमा क्यालोरीको माग एकैसाथ बढ्नेछ ।

प्रतिवेदनमा भनिएको छ मात्र पानीको उपलब्धता एवम् उतारचढावलाई ध्यानमा राखेर योजना बनाउँदैमा कृषि उत्पादकतामा चाहेजस्तो परिणाम आउने छैन ।

पानीलाई जलवायु परिवर्तन रोक्नका लागि अन्य स्मार्ट तरिकाहरूका साथ हेर्नु पर्ने हुन्छ एवम् आवश्यक कदम उठाउनु पर्नेछ । पूरै जलचक्रमा परिवर्तनलाई यसरी हेर्नु पर्ने हुन्छ ।

यसले गर्दा कृषिको उत्पादकतामा सकारात्मक ल्याउनुका साथै हरितगृह ग्यासहरूको उत्सर्जनलाई पनि कम गर्न सकियोस् । अनि मात्र जलवायु परिवर्तनले गर्दा हुन सक्ने जलवायु सङ्कटबाट राहत पाइनेछ । अन्यथा, ‘भगवान भरोसे’ बाहेक अन्य उपाय छैन ।