• बैशाख २८ २०८३, सोमबार

धरान उपमहानगरको मतपरिणाममा असन्तुष्टि, प्रदर्शनमा उत्रिएपछि मतगणना रोकियो

जेष्ठ ४ २०७९, बुधबार

धरान ।  धरान उपमहानगरपालिकाको मतगणना रोकिएको   छ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वडा नम्बर २० को मतपरिणाममा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएपछि मत गणना स्थगित रोकिएको हो ।

मतगणनामा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् । उनले ८ हजार ४६ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार किशोर राई ७ हजार ९९६ मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ६१० मत पाएकी छन् ।