• मंसिर १२ २०८१, बुधबार

बैशाख पूर्णिमा : बुद्ध जयन्तीको महत्व

जेष्ठ २ २०७९, सोमबार

बैशाख पूर्णिमाका दिन बौद्ध धर्मवलम्बीहरुले मान्दै आइरहेको बुद्ध जयन्तीको ठूलो महत्व रही आएको छ । बैशाख पूर्णिमाकै दिन गौतम बुद्धको जन्म वोधिज्ञान र महापरिनिर्वाण प्राप्त गर्नु भएको महत्वपूर्ण तीनवटा संयोग परेकोले पनि बैशाख पूर्णिमाको अत्यन्तै महत्व भएको हो ।

विश्वको सबैतिर अरबौंको संख्यामा रहेका बौद्धमार्गीहरुले व्यापक रुपमा यो पूर्णिमाका दिन बुद्ध जयन्ती अतन्तै श्रद्धाभावले मान्दछन् र गौतम बुद्ध र उहाँका ज्ञानको चर्चा परिचर्चा गर्छन् । विश्व शान्तिको कामना गर्दै विभिन्न कार्यक्रम चलाएर शान्तिका अग्रदुत गौतम बुद्धलाई सम्झेर श्रद्धापूर्वक नमन गर्दछन् ।

नेपालमा देशभरि रहेका चैत्य स्तुप, गुम्बा र विहारहरुमा बुद्धको पुजा गरिन्छ । साथै व्यापक रुपमा विभिन्न कार्यक्रमहरु गरेर विश्व शान्तिको कामना पनि गरिन्छ । भगवान बुद्धका मूर्ति भएका ठाउँमा मेला पनि लाग्छ । गौतम बुद्धका जन्म भएको स्थान नेपालको लुम्बिनीमा ठूलो मेला लाग्छ ।

बुद्धको पूजा गरिन्छ । विभिन्न कार्यक्रम गरेर भव्यरुपमा बुद्ध जयन्ती मनाइन्छ । यसमा देशी तथा विदेशी बौद्धमार्गीह आई सम्मिलित भई श्रद्धापूर्वक बुद्धजयन्ती मनाइन्छ । राष्ट्रियस्तरमा बुद्ध जयन्ती लिम्बिनीमा मनाइन्छ । प्रधानमन्त्री लगायत विभिन्न व्यक्तिहरुको उपस्थितले लुम्बिनी क्षेत्र नै ढकमक्कर मनोरम दृश्यले शोभायमान भइरहेका हुन्छ ।

बुद्धध्वजा पताकाहरुले लुम्बिनी भव्यरुपमा मायादेवीको क्षेत्र नै ढाकिएको हुन्छ भने विभिन्न किसिमले त्यहाँ सजाइएका सजावटले मनोरम आकर्षण पारिरहेको हुन्छ । काठमाडौँ उपत्यकामा पनि बुद्धजयन्ती मनाउने सन्दर्भमा विभिन्न कार्यक्रम गरी व्यापक रुपमा मनाउने गरिन्छ । घरघरमै बुद्धका झन्डा फहराइएको हुन्छ ।

बौद्ध झण्डामा भएका पाँचथरी रङ्ग पञ्चतत्व आकाश जल, पृथ्वी अग्नि र हावालाई लिईएको छ । त्यस्तै निलो सेतो, पहेंलो गेरु र रातो रङ्ग भएको बौद्ध झण्डा पञ्चबुद्धको प्रतिकको रुपमा बौद्धधर्ममा मानिन्छ । विश्व ब्रहाण्ड चराचर जीवजगतमा यिनै पाँच तत्व नै व्याप्त भइरहेको छ । संसारमा जति पनि प्राणीहरु छन् ती सबै पञ्चतत्ववाटै श्रृष्टि भएर त्यसैमा विलिन भई जाने गर्दछ ।

त्यसै भएर नै प्राणी मात्रको जीवनचक्रमा जन्म र मृत्यु भइरहने हो । भगवान गौतम बुद्धले मानिसहरुको दुःख हुनु, जन्ममृत्युको चक्रमा परिरहनु र त्यसको उद्धारका लागि सबैले बुझ्ने गरी विभिन्न किसिमको ज्ञान दिनु भएको छ । यो संसारमा मानिसहरु भौतिक सुख सुविधाले सम्पन्न हुनु र गरिब हुनाले माग सुख र दुःख हुने होइन । वास्तवमा मानिसहरुमा भएका दुषित चित्रले गर्दा नै दुःख हुने हो । काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता विकारले नै मानिसहरुलाई दुःख भइरहने हो ।

यहि चित्तको विकारले गर्दा नै मानिसहरु जन्म भइरहनु पर्ने अनि मरिरहनु पर्ने हो । यसरी जन्म र मृत्युको दुःखको चक्रमा मानिसहरु अल्झिरहन्छन् । मानिसहरु जन्मिनु पनि दुःख, विरामी हुनु पनि दुःख, वृद्ध हुनु दुःख, आफ्ना प्रियजनहरुसँग छुट्टिएर बस्नु पर्ने पनि दुःख, मन नपर्नेहरुसँग बस्नु पर्ने पनि दुःख अनि अन्तिममा मर्नु पर्ने पनि दुःख । यिनै सम्पूर्ण दुःखको वास्तविकताबाट पार पाउन नै सजिलो मार्ग अष्टाङ् मार्ग हो भने भगवान गौतम बुद्धले बाटो देखाउनु भएको छ ।

पञ्चशिल र अष्टाङ्गशील जस्ता अत्यन्तै महत्वपूर्ण लोककल्याणका लागि ज्ञान दिनु भएको छ । भगवान गौतम बुद्धले दिनु भएको मार्गमा आगाडी बढ्दै विश्वशान्तिको कामना गर्नु नै गौतम बुद्धले दिनु भएको सार्थक हुने छ ।

बुद्ध जयन्तीको अवसरमा विश्वका विभिन्न देशमा विभिन्न किसिमका भव्य कार्यक्रमहरुको आयोजना गरी बुद्धलाई सम्झने बुद्ध पुजा गर्ने र बुद्धका ज्ञानका चर्चा परिचर्चा गर्ने गरिन्छ । विशेष गरेर दक्षिण कोरियामा भिक्षुहरुले बुद्धको जन्मभूमी नेपालको लुम्बिनीमा भई विशेष कार्यक्रमको आयोजना गर्ने गर्दछन् ।

एउटा उल्लेखित कार्य दक्षित कोरियाका भिक्षुहरु २०७० साल बैशाखमा गौतम बुद्ध जन्म भएको स्थान विश्वशान्तिको उदगम, स्थल नेपालको लुम्बिनीमा भई त्यहाँ भएको अखण्ड शान्तिदीपलाई आफ्नो देशमा लगेर शान्ति दक्षिण र उत्तर कोरियाको सिमाना मुन्सन नजिकै रहेको शान्ति पहिमा प्रज्वलन गरेर शान्तिका निम्ति प्रार्थना गरेका थिए ।

दुई कोरियाका बीच युद्ध बढिरहेको समयमा शान्तिदीप यात्रा र दीप प्रज्वलनले शान्ति स्थापनामा बल पुग्ने विश्वास गरिएको आयोजनाहरुले बताएका छन् । शान्तिदीप स्थायी पमा राख्न कोरियाको १०८ वटा विहारमा शान्तिदीप प्रज्वलन गरिएको थियो । बैशाख पूर्णीमाका दिन बुद्ध जयन्ती मनाउने क्रममा कोरियामा लोरस लाल्टिन फोस्टिभलमा पनि शान्तिदीपलाई नगर परिक्रमा गराइन्छ ।

हाम्रो देश नेपालमा बालाजु पूर्णिमा अर्थात् चैत्य शुक्ल पूर्णिमा बैशाख पूर्णिमा र नमोबुद्धको मेला पूर्णिमाका दिनमा समेत गरी वर्षमा तीन पटक गौतम बुद्धलाई विशेषरुपमा सम्झेर विभिन्न कार्यक्रमक आयोजना गरी विशेष रुपमा मेला भर्ने गरिन्छ ।