• मंसिर ११ २०८१, मंगलवार

चीन आउने भारत जाने, कलाकारिताको राजनीति

चैत्र १६ २०७८, बुधबार

चीन उत्तरतिर छ, ऊ शक्तिशाली देश हो र कम बोल्ने धेरै गर्ने अनि संसारकै सूक्ष्म अध्ययन गर्ने देश हो । यहाँ एमसिसी छिर्नासाथ अफगानिस्तान, भारत हुँदै चिनियाँ विदेश मन्त्रीले तोएिको समयभन्दा २ घण्टा अगावै विमानस्थल झरी नेपालको भ्रमण गरे । दक्षिणबाट एकजना सचिव यहाँ आउँदा होटलमा मन्त्रीहरुको लाइन लाग्ने गथ्र्यो भने चिनियाँ उच्चस्तरको भ्रमण हुँदा विमानस्थलमा लिन र त्यहाँबाट विदा गर्न सचिव पठाइयो ।

उताको भ्रमण हुँदा आउँदो जेठमा दक्षिणका कलाकारको काठमाडौँ उपस्थितिको व्यापक चर्चा हुँदै थियो । चिनियाँ विदेशमन्त्रीको भ्रमणको खास एजेण्डा के हो नेपालीलाई सूचनाको हकको उपयोग भएन बरु विदेशमन्त्रीको शिवपुरी हाइकिङ र होटलको भोज बारे सूचना जारी गरियो, सायद उनको भ्रमण हाइकिङ र होटल होइन होला । यसको अर्थ हुन्छ भ्रमणमा खासै अर्थ छैन, र महत्व दिइएन ।

लामो समयदेखि असहज नाका रसुवा र तातोपानी भंसारको सहजीकरण हुने वचन भने मिल्यो, यसलाई अवसरको रुपमा हेर्नु पर्ने भयो । नेपालका सबै दलहरुलाई नेपालको स्थायित्व, आर्थिक विकास र जनताको जिविकाको लागि उपयुक्त शासन व्यवस्थाको खोजी गर्न पनि सुझाव दिए, यो त सुझावको कुरा भयो । नेपालको भूमिमा भूराजनीतिक खेल चीनलाई सह्य नहुने पनि भने ।

विगतमा चीनको सहयोगमा खुलेका धेरै उदोगधन्दाहरु अहिले विक्री वितरण भइसके पनि पोखरा विमानस्थल निर्माण सम्पन्न नभइसकेको अवस्थामा साँचो हस्तान्तरण पनि भयो । साविक दिइ आएको वार्षिक सहयोगको अंक बढाए पनि, वार्षिक १२ अर्बको साटो १५ अर्ब । यति हो कि शीतकालीन युद्धमा सक्रिय संसारमा हाम्रो कूटनीति असन्तुलित चाहिँ देखियो, सन्तुलन बिगार्दा देशको लागि अहित हुन्छ भन्ने कुरा यहाँ  बुझ्न सकिएन ।

नेपाल-चीन सम्बन्ध नयाँ होइन, लिच्छवीकाल, अंशुबर्मा, भृकुटी, मानदेव, आधुनिक कालमा पृथ्वीनारायणदेखि महेन्द्र, वीरेन्द्रसम्मको शासनकालमा सन्तुलित र पञ्चशीलको असंलग्न परराष्ट्र नीति सञ्चालित भएकोमा अहिले उत्तर, दक्षिण मौन बसेका बेला नेटो समर्पित युक्रेनप्रति समर्थनको हतारो देखियो । यसरी सामिप्यता देखाउनु भनेको चीन अनि भारतको आँखामा नराम्रो हुनसक्छ ।

भ्रमणकै क्रममा चीनका विदेशमन्त्री वाङ यीलाई उधृत गर्दै चीनको मुखपत्र ग्लोबल टाइम्सले चीन नेपालको स्वाधीन आन्तरिक र विदेश नीतिलाई समर्थन गर्छ साथै चीन कुनै आकारका शक्तिको आधारमा नभएर सबै देशको सार्वभौमिकता र स्वतन्त्रता, भौगोलिक अखण्डताको सम्मान गर्दछ, चीन नेपालको विकासमा सहयोग गर्न सधैँ तत्पर छ भनेको छ ।

हल्का फुल्का उत्तरी मित्रलाई विदाइ गर्न नपाउँदै अप्रिल  फूलका दिन संसार कुन्नि केमा रमाउँछ हाम्रा प्रधानमन्त्री परिवारका साथ दक्षिणका मित्र प्रधानमन्त्री मोदीको निम्तो मान्न भारत जाने भएकाछन्, साथमा यहाँका परराष्ट्रमन्त्री,र केही सचिवहरु समेत । त्यहाँ दुई देशका प्रमबिच भेट वार्ता, उपराष्ट्रपति बेकैया नायडुसँग पनि भेटघाट र फर्कंदा वाराणसीहुँदै ३ अप्रिलमा काठमाडौं आउने भ्रमण तालिका सार्वजनिक भएको छ ।

हो, अहिले विजुली रु ३८ प्रति युनिटमा किन्नु पर्ने अवस्था अनि महाकालीमा नदीको धार परिवर्तन हुनेगरी तटबन्ध निर्माण भइरहेको केही समयअघि दुबैतिरका स्थानीय प्रतिनिधिहरुको रोहबरमा दुबै बसेर निर्माण गर्ने सहमति भएकोमा त्यसको कार्यान्वयन नहुँदा उताको एस्काभेटरको साँचो यताका सशस्त्र प्रहरीले खोसेको, अर्को साँचो प्रयोग गरी एस्काभेटर पारि लगेको खबर स्थानीय सिडिओबाटै बाहिर आएको छ ।

साँचो खोसाखोस गर्ने क्षमतामा हामी छौँ कि छैनौँ वा त्यतैको टिंकर, कालापानी, लिपुलेक, लिम्पियाधुरा भनौँ चुच्चे नक्साका बारे गहन भनाइ हाम्रा प्रधानमन्त्रीले राख्लान् कि, हाइहलो धन्यवाद गरेर फर्कलान् ? त्यसका लागि केही समय कुर्नु पर्ने देखिन्छ बुभ्mनैका लागि ।

दक्षिणतिरको अनुभव छ, ख्याति कमाएका कलाकार, सिनेकर्मीहरुले पनि राजनीतिमा भाग लिएको, तर अपरिपक्व सिनेकलाकारले युक्रेनको साँचो लिँदा हालत के भयो विश्वले अध्ययन गरेकै छ । हामीलाई पनि त्यसको छिटा आइलाग्यो खानेतेल नहाली भान्सा चलाउनु परेको छ अनि कोइलाबाट विजुली त्यो पनि रु. ३८ प्रतियुटिमा किनेर उद्योग चलाउनु परेको छ ।

सिनेकलाकार सल्मान खानको जेठमा नेपाल आगमनले काठमाडौँ तात्ने अनि ५ देखि २५ हजारको टिकेट, उनलाई ३ करोड यहाँ आम्दानी ६ करोडको चर्चा चलेको छ । यहाँका पर्यटन मन्त्रीले उनीप्रति दिएको सम्मान त के कुरा, मन्त्री  आफैले सम्मान दिने भनेपछि सम्बद्ध चलचित्र विकास बोर्ड या यहाँका स्थापित कलाप्रेमीहरुको कामै के आउने भयो र ! देशको कूटनीति अल्मलमा परे जस्तै कुन श्रेणीकालाई कुन श्रेणीले हेर्ने, सम्मान दिने भन्ने हाम्रो सोच नै कस्तो छ बुझिएन र त रातरात उताका एजेन्सी प्रमुख आएर बालुवाटारको रातो कार्पेटमा पुगे, कुन कसको मर्यादा कहाँ कसले गर्ने भन्ने प्रोटोकल हामीलाई आवश्यक नै परेन ।

हाम्रा लोकतन्त्रका सम्वाहकहरुलाई यति थाहा छ अबको चुनावमा डोजर साहुहरुलाई टिकट दिनु पर्छ, ती अभ्यस्त छन् दललाई सहयोग गर्न, रित्तो हात ती फर्कंदैनन् । जसरी भए पनि दललाई त एक नम्बरमा राख्नुपर्छ, देशलाई त अरुले राख्लान् बा पछि गरौँला, गर्दै गरौँला । अहिले अरुलाई साइजमा ल्याउन पनि गठबन्धन जरुरी छ भन्दैछन् ।

हाम्राहरु, र नाम चलेका कलाकारहरुलाई पनि दलमा राखियो भने अरुलाई पछार्न सजिलो हुने भएकाले कलाकारहरुको ओइरो छ अचेल दलमा । कोरोनाले सिनेमाहलहरु थन्किएका बेला टेलिभिजनका पर्दाभन्दा युट्यूव र मोबाइलले बजार बढेकाले सिने कलाकारहरुलाई राजनीतिको रोजगारी दिन सजिलो भएको छ ।

व्यापारी चौधरीहरु दलमा आएपछि सिद्धान्त र आप्mनो निष्ठाको दर्शन दलहरुले अब तिनै व्यापारी अनि सिनेकर्मीहरुलाई बाँड्न पनि सहज हुनेछ, जसरी भए पनि भोट तान्ने हो र त दल बदल गरी गरी रेखा, कोमल, करिष्माहरु दौडिएका छन्, कतै राजेश, भुवन, हरिवंश, मदनहरु पनि कतै आकर्षित भए भने ?! आर्थिकक्षेत्र तहस नहस छ,, जात जातीको रडाको छ, सामाजिकक्षेत्र चकनाचुर छ, साँस्कृतिकक्षेत्र पनि किन बाँकी राखनु पर्यो, र त प्रकाश, पशुपतिहरु असरल्ल छन्, पलको हालत पनि खरावै छ, समाजको यथार्थ र खरो चित्रण हेर्न सकेनन् दलहरुले ।

राजनीतिमै समर्पित दलका बाँकी भक्तहरु विस्थापित होलान् वा नयाँ दरवन्दी सिर्जना होला कलाकर्मीहरुका लागि । आउने कलाकारहरुलाई प्रत्यक्षमा नदिए पनि समानुपातिकबाट क्रेन चढाउनै पर्छ, यो राजननैतिक दर्शन र सिद्धान्त नहोला माओ, स्टालिन, लेनिन बा विपि, गणेशमान, पुष्पलाल, मनमोहन, कृष्णप्रसाद हरुको । जसरी पनि सत्तामा जानु पर्छ भन्ने मान्यतामा यस्तो नगरी धरै भएन ।

सुनको थलिया लिएर हैसियत अनुसारको सिट र दर्जा पाउनु पर्ने माग छ हाम्रा नेताजीहरुको । दुई तिहाईले नपुगेर रुखको बदनाम, सूर्यका किरणमा चिरा, फाटो जता गयो उतै भस्मासुर बनाउने खेलमा दलहरु संलग्न छन्,  आफ्नो निष्ठामा छैनन् र बाली उत्पादन हुने क्षेत्रमा भ्यूटावर बनाएर उद्घाटन गर्दा रमाउँछन् ।

आफ्नो आफ्नो भूराजनीतिलाई बुझेर असंलग्न परराष्ट नीति अबलम्बन गर्दै आएको हो देशले, उत्तरी नाका दूर्गम हिमाली भेगका कारण ठूलो सिमाना विवाद नभए पनि दक्षिणतिरकोे सय्यौँ कि मि नाका खुल्ला छन् जसले कोरोना मात्रै छिरेन, कैयन आपराधिक कार्यहरु पनि लुकिछिपी हुने गरेका छन् । व्यापारमा अवैध धन्दा, उता र यताको समस्या, चोरी निकासी, धेरै छन् विषय । दक्षिणतिरको साइनो उदीयमान हुँदै आएको देश र आगामी पाँच, सात वर्षमै विश्वको अब्बल अर्थतन्त्र बोकेको ससारकै अग्लो हुने सपना देखेको देश भारतका विकासका छिटाहरु यहाँ पर्न सकेन ।

सार्कको अहं भूमिका हुने भए पनि त्यसको रौनकता नदेखिनु, पूर्वतिरबाट बंगलादेशसंग हाम्रो व्यापारिक साइनो जोडिन सजिलो पर्ने थोरै्र सिमानाको प्रयोग हामीले गर्न पाउने पुरानो धारणामा खासै प्रगति नदेखिनु, बँगलादेशलाई हामीले विजुली व्यापार गर्न सक्ने भनिरहँदा त्यसको प्रगति नदेखिनु, इ पि जि को प्रतिवेदन बुभ्mन उसले आनाकानी गरिरहनु, पूर्वी नाकाबाट यहाँको उत्पादित चियामा गुणस्तरको बहाना झिकी बेला बेला निर्यातमा अवरोध देखिनु, तेस्रो कन्टृीबाट आयात गरेको आयल निर्यातमा उसले बखेडा खेल्नु धेरै विषय छन् हामीले राख्नु पर्ने ।

खासगरी चीनको विरुद्ध हुनेगरी हाम्रो भूमि कसैलाई प्रयोग गर्न नदिने विषयमा पनि हामी आपैmँ सजग हुनु पर्ने विषय छ । रोजी रोटी र बेटीको सम्बन्ध त छँदैछ खासगरी भारतीय चेलीहरुले यहाँ घरजम विवाह गरेकै भरमा पदासीन हुन पाएका विषय पनि छन्, लचिलो नागरिकताको कारण हामी कम भूगोलका मानिसलाई बढी जनसंख्या भएकाले केही प्रतिशत मात्रै पठाए पनि हामलिाई ठूलै समस्या हुन सक्छ, नागरिकता विधेयक नो भन्दा अदालततिर दलका आँखा गयो, ढुँगा, बालुवा निर्यात गर्ने विधेयकलाई नो भन्दा पनि अदालतलाई देखी सहेको अबस्था छैन ।

इण्डो अमेरिकन रिझाउँदा उत्तरी चीनलाई कम आँकलन गर्न हुन्न । कन्फ्युसियस सिद्धान्तदेखि नै उठेको चीन डा हेनरी किसिन्जरले पनि आफ्नो पुस्तकमा नेपालले सन्तुलित परराष्टनीति अबलम्वन गरेकोमा तारिफ भएको तर हालका लोकतन्त्रका हिमायतीहरुले सन्तुलमा राख्न नसकेको अनुभूति हुँदैछ ।