• चैत्र ३० २०८१, आईतवार

फिल्म कोडाले जित्यो सर्वोत्कृष्ट ओस्कार अवार्ड

चैत्र १४ २०७८, सोमबार

काठमाडौँ।   यस वर्षको ओस्कार अवार्ड ‘कोडा’ ले जितेको छ। ९४औँ एकाडेमी अवार्ड (ओस्कार)ले सन् २०२२ को विजेता पाएको हो।

‘कोडा’ अर्थात् चायल्ड अफ डेफ एडल्टस् कमेडी ड्रामा फिल्म हो। सियान हेदरको लेखन तथा निर्देशनमा बनेको चलचित्र श्रवणशक्ति नभएको एउटा परिवारको कथा हो।


Advertisement

यस्तै, ओस्कारमा यसवर्ष उत्कृष्ट अभिनेता विल स्मिथ बने।

त्यस्तै जेसिका च्यास्टेन उत्कृष्ट अभिनेत्री भइन्। उत्कृष्ट निर्देशकको उपाधि जेन क्याम्पियनले पाए। उत्कृष्ट छायाङ्कनमा ड्युनले बाजी मार्‍यो।