काठमाडौँ। पपुवा न्यूगिनी(पीएनजी)ले नेपाललाई २९३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनाएको हो।
पीएनजीका कार्लोस अमिनीले सर्वाधिक ७७ रन जोडे। १०३ बलमा उनले ६ चौका र एक छक्का प्रहार गरे।
यस्तै पीएनजीका कप्तान असाद भालाले ६० रनको अर्धशतकीय पारी खेले। उनले ५५ बलमा ११ चौका हिर्काए।
अन्त्यतिर आक्रामक ब्याटिङ गरेका नोर्मान भानिउले २८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७ रन जोडे। ओपनर टोनी उराउले ३८, रिले हिकुरेले ३१ रन थपे।
नेपालका सोमपाल कामी, कमलसिंह र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए। सोमपालले ९ ओभरमा ८१ रन खर्चिए। उत्कृष्ट बलिङ गरेका दीपेन्द्रले १० ओभरमा ३० रनमात्रै खर्चे। उनले एक ओभर मेडन राखेका थिए।
त्यसबाहेक सन्दीप लामिछाने र पवन सर्राफले समान १–१ विकेट लिए।