• मंसिर १२ २०८१, बुधबार

पल शाहविरुद्धको अनुसन्धान सकियो

चैत्र ७ २०७८, सोमबार

काठमाडौँ। नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ। अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले आफ्नो अनुसन्धान सकेर प्रतिवेदन बुझाएको तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार प्रहरीले अनुसन्धान थालेको २१ दिनपछि प्रतिवेदन बुझाएको हो ।

अभिनेता शाह गत फागुन १५ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका छन् । उनी विरुद्ध पूर्वी नवलपरासीमा पनि जाहेर परेको थियो । त्यसका लागि बयान गराउन शाहलाई गैंडाकोट समेत लगियो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि नाबालिक बलात्कार मुद्दामा शाहविरुद्ध अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।