२०६८ को राष्ट्रिय जनगणनाका अनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या वितरणको अवस्था :
नेपालको जनसंख्या २६४९४५०४
सुदूरपश्चमि प्रदेशको जनसंख्या : २५५२५१७ ९९.६३५०
हिमाली भेगमा : ४६३३४५ ९१८.२०५०
पहाडी भेग : ८६२२१५ ९३३.७९५०
तराई भेग : १२२६९५७ ९४८.१५०
भौगोलकि क्षेत्रफल तथा जनघन्त्व :
क्षेत्रफल : १९५३९ वर्ग किलोमिटर तथा ७५४४ वर्ग माइल
जनघनत्व : १३० र वर्ग किमी तथा ३४० र वर्ग माईल
उद्देश्यहरु :
खेर गएका वा यथोचित उपयोग हुन नसकेका रैथाने वनस्पतहिरुको पहचिान गर्ने ।
रैथाने वनस्पतीजन्य उद्योगको स्थापना गरी स्थानीय बासिन्दाहरुको स्वरोजगार प्रवर्द्धन गरी आय आर्जनमा सुधार ल्याउने ।
रैथाने प्रवधिहिरुको संरक्षण सम्वर्द्धन तथा विकासमा टेवा पुर्याउने ।
कमलागतउत्पादनमा नयाँ ब्राण्डेड उत्पादन गर्ने ।
प्राङ्गारकि खेती पद्धतिलाई प्रवर्द्धन गर्ने ।
पर्यटन प्रवर्द्धन तथा विदेशी मुद्रा आर्जनमा टेवा पुर्याउने ।
खेती गर्नको लागि संभावनाका आधारहरु :
पहाडी भेगमा सिचाईको सुवधिा नभएको ठाउँमा पनि खेती गर्न सकिने ।
प्राकृतिक रुपमा उम्रेका वनस्पतहिरुको संख्या उल्लेख्य हुनु ।
थोरै पुँजी तथा श्रम लगाएर गर्न सकिने ।
स्थानीय प्रविधिमा थोरै सुधार गर्दा पनि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न सकिने ।
उपयोग नभएको वा कम उपयोग वा खेर गएको वस्तुलाई सदुपयोग गरी उच्च मुल्यका वस्तु उत्पादन गर्न सकिने ।
सुदूरपश्चिम प्रदेशबाट निर्यात गर्न सकिने संभाव्य वस्तु तथा सेवाहरु
उद्योग वाणज्यि तथा आपूर्ती मन्त्रालय,
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पुल्चोक ललतिपुरको सुदूरपश्चिम प्रोफाइल २०७६ अनुसार
जीवीत जीव, जन्तु र तिनका उत्पादन
दुग्धजन्य भैंसीको दूध, ध्यु, चजि र मह
नेपालका रैथाने जातका भैंसीहरुमध्ये सबैभन्दा ठुलो जीउ भएको गड्डी भैंसी पाइने स्थान सुदूरपश्चिम
संसारकै सबैभन्दा सानो नौमुठ्ठे अछामी गाई पाइने
खैला गाई पाइने स्थान
दार्चुला, बझाङ्ग र बाजुरामा याक चौंरीपालन
अछाम र डोटी महकोलागि प्रशिद्ध स्थल
वनस्पती उत्पादन
पुष्पजन्य : फूल
तरकारी जन्य : पहाडी र हिमाली क्षेत्रका अर्गानिक तरकारीहरु : लौका, परवल, भिन्डी, बन्दा, काउली, कुरिलो, कुपिण्डो
दलहन : पहाडी र हिमाली भेगमा उत्पादन हुने रैथाने जातका दाल र मसुरो
फलफुलजन्य : ओखर, केरा, स्याउ, सुन्तला, कागती, कालो चुक
मसला जन्यः तेजपत्ता, अदुवा, अलैंची, चिया, कफी, बेसार, धनियाँ, मेथी, टिमुर
उच्च लेकाली र हिमाली भेगमा उत्पादन गरिएका रैथाने चामल, फपर, जौ आदी ।
तरकारीको बीउ, जडिबुटी र सारतेल, पहाडी अमला, काफल, चुत्रा, घंघारु
तोरी र जैतुनको तेल
अमृसोको कुच्चो, रिठा, रुद्राक्ष, बाबियो, भिमलका डोरीहरु
खाद्य तथा पेय पदार्थ :
चिप्स, चाउचाउ, जुस, पानी, मदिरा, वाइन
श्रृङ्गार र सरसफाइका सामानहरु
आयुर्वेदिक साबुन, स्याम्फु, टुथपेष्ट, कपालको तेल, रिठाको पाउडर
रसायन
रोजिन र रेजिन एसिड, टर्पेन्टाइनको तेल, कत्था
छालाजन्य
छालाका पर्स, पेटी, जुत्ता, चप्पल
काठजन्य
काठका मुर्तीहरु, बिजयसालका उत्पादन, राउटेले बनाएका काठका समानहरु
नेपाली हाते कागज र सोका उत्पादनहरु
रेशाजन्य
अल्लो, भाङ्ग्रो र भिमल, मालु (भोर्ला)का उत्पादनहरु, हिमाली भेगमा ऊनबाट बनेका समानहरु (काम्लो, राडी, पाखी, लिउ, गलबन्दी, टोपी, पञ्जा, ऊनी गलैंचा, तयारी पोशाक)
अन्य
हस्तकलाका सामानहरु, झ्याउको अगरबत्ती, ढकिया, बेतका सामानहरु
सेवा
स्वास्थ्य सेवा
नेत्र चिकित्सा
पर्यटन सेवा
आमोदप्रमोद पर्यटन
भारतका पर्यटक लक्षित हिल्स स्टेशन पर्यटन, जलयात्रा, स्की, बञ्जी, माउण्टेन रेस, प्याराग्लाइड, सेमिनार, मनोरञ्जना क्यासिनो, खेलकुद (क्रिकेट, भलिवल) जंङ्गल सफारी, पदयात्रा, दृष्यावलोकन, माउण्टेन फ्लाइट धनगढीदेखि अपि सैपाल हिमाल दृष्यावलोकन, अनुसन्धान पर्यटन, चरा अवलोकन पर्यटन, जीवजन्तु अवलोकन पर्यटन, वनस्पती अध्ययन र अवलोकन, पर्यापर्यटन, कृषि पर्यटन
धार्मिक पर्यटन
मानसरोवर यात्रा
भाकल पर्यटन (देवीका सात बहिनीका धामहरु, केदार)
प्रवल संभाव्यता बोकेका वनस्पती जन्य उत्पादनमा आधारित उद्योगहरु
मेल र नासपती, ओखर, चिउरी, टिमुर, घंघारु र ऐसेलु र चुत्रो किडमडा, बेल, अमला, हर्रो, तेजपत्ता र दालचिनी, सिस्नु, अल्लो, तितेपाती, असुरो र बाँसिङ्गो, कालो चुक, कागती, हलेदो र बेसार, पिडालु, तरुल र सखरखण्ड, मालु र भोर्ला, भिमल, बाबियो आदि रहेका छन् ।
चिउरी (Aesandra butyracea/Bassia butyracea)
यो ठुलो रुख हुने फल खाने बिऊ वा बियाँबाट ध्यू बनाउने र पातबाट टपरी तथा डालेघाँस, काठ दाउराको लागि प्रयोग हुने बहुउपयोगी पतझर वनस्पती हो । यसको व्यवसायीक खेती गरिएको नभएपनि नेपालका करबि ५० वटा जिल्लाका तथा समुद्री सतहबाट ३०० देखि १५०० मिटरसम्मको उचाईमा तथा उष्णदेखि उपोष्ण हावापानीमा राम्रो हुन्छ । यो सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी मात्रामा पाइन्छ । यसलाई बिऊ र कलमीबाट प्रशासरण गर्न सकिने भएपनि बिऊबाट नै प्रसारण गरिन्छ । यसको बिरुवा रोपेको ८ देखि १० वर्षमा फल्न सुरु गर्दछ ।
चिउरीको उपयोग
काठ दाउरा
पात र स्याउला, दुना तथा टपरी उद्योग
फलबाट चिउरी ध्यू
फुलबाट चिउरी मह संकलन
महबाट सखर र गुर
चकलेट चिउरी महको स्वादमा)
सावुन र मैनवत्ती बनाउने
माहुरीको लागि चरन
औषधि
गाठाँ सुन्निने
कुष्टरोग
टन्सिल
रक्तश्राव
चलिाउने
डाइवेटिज
माछा मार्ने विष
चिउरीमा आधारित उद्योग नै किन ?
चिउरीको लागि भरिपाखा कान्ला खेतीपातीको लागि अयोग्य ठाउँ खोला नाला पाखामा खेती गर्न सकिने ।
खेती गर्नको लागि सिचाई तथा थप मलखादको आवश्यकता नपर्ने ।
दक्ष जनशक्तिको खासै आवश्यक नपर्ने
थोरै जनशक्तिले धेरै काम गर्न सक्ने ।
थोरै लगानीमा पनि सुरु गर्न सकिने ।
नेपालमा यस्ता उद्योगहरुको ठुला उद्योगको रुपमा सुरुवात हुन नसकेको ।
स्थानीय हावापानी माटो सुहाउदो प्राङ्गारिक खेतीमा आधारित ।
नासपाती (Nashi pear)
नासपाती पूर्वी एशयिामा पाइने समशितोष्ण पतझड फलफूल हो । नासपाती मेल Wild Pear
(Pyrus pashia मा कलमी गरी तयार गरन्छि । यसको उत्पादन समुद्र सतहदेखि ७५०.२६०० मिटर उचाईसम्म हुन्छ । जापानीज जातका ८-१० वर्ष उमेरका प्रति बोटमा सदर २०० दानाको ८०-१०० केजी उत्पादन भएको रेकर्ड छ । गर्मी मौसमको फलफूल भएकोले यो गर्मी भएको बेला सितल गराउनको लागि समेत निकै उपयोगी हुन्छ । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गराउनुका साथै वभिन्नि ब्याक्टेरियल तथा इन्फेक्शनल संक्रमणबाट छुटकारा दिलाउँछ । यसमा फाइवरको मात्रा बढी हुने भएकोले यसले शरीरमा कोलेष्ट्रोल घटाउनुको साथै तौल घटाउने समेत उपयोगी हुन्छ । नास्पातीको सेवनले पाचन प्रक्रिया समेत मजबुत बनाउँछ । यसमा रहेको भिटामिन, मिनरल्स तथा अन्य पोषकतत्वले शरीरमा रगतको मात्रा बढाउनका साथै हाडजोर्नी मजबुत बनाउनमा समेत मद्दत गर्दछ ।
मेल : Wild Pear (Pyrus pashia)
उपयोग :
कृषि औजारका बिंड
दाउरा र बार बन्देज
नासपाती खानुका फइदाहरु :
पाचन गराउँदछ ।
मोटोपन घटाउँछ ।
क्यान्सर रोग रोकथाम गराउँछ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
मुटुरोग कम गराउँछ ।
रक्तअल्पता कम गराउँछ ।
सुन्निएको कम गराउँछ ।
हड्डी बलियो बनाउँछ ।
छालालाई स्वस्थ्य राख्दछ । छालालाई चाउरिन दिंदैन । यसमा भिटामीन ‘ए’ प्रयाप्त मात्रामा हुन्छ ।
कब्जियत हटाउँछ ।
गलगाँड कम गराउँछ
मधुमेह रोगीलाई राम्रो हुन्छ ।
स्वास समस्यामा उपयोगी हुन्छ ।
ओखर खेती (Wallnut) Juglans regia
यो ठुलो रुख हुने पतझर वनस्पती हो । यसको खेती १२०० देखि २५०० मटिरसम्म सजिलै गर्न सकिन्छ । यो हाडे जंगली र दाँते गरी दुईथरिको हुन्छ । यसलाई बिउ र कलमी गरी प्रसारण गर्न सकिने भएतापनि कलमीबाट प्रसारण गर्दा राम्रो हुन्छ । यसले ४ देखि ५ वर्ष देखि उत्पादन दिन सुरु गर्दछ । यसको फल भाद्र असोजमा टिपिन्छ । यसको आयु करिव २०० वर्ष हुने भएपनि ८० वर्षसम्म फल दिन्छ । प्रतिरुखबाट १०० देखि २०० केजी फल उत्पादन हुन्छ ।
ओखरको उपयोग
स्वास्थको लागि अति राम्रो खानयोग्य फल
स्वस्थ्य शुक्रकिट उत्पादन
मुटु स्वस्थ्य राख्ने
पाचनक्रिया बलियो
भिटामीन ‘इ’ प्रसस्त पाईने भएकोले छाला सुन्दर तथा स्वस्थ्य राख्दछ ।
मष्तिस्कलाई स्वस्थ्य राख्दछ ।
काठ
टिमुर खेती : (Nepalese Peeper(Zanthozylum armatum)
यो करिव २ देखि ६ मिटर अग्लो मझौला झारी प्रजातिको काँडेदार वनस्पति हो । समुद्र सतह देखि ९०० देखि २५०० मिटर उचाईसम्म यसको खती गर्न सकन्छि । यसको खेती गर्नको लागि उत्तर पूर्वीमोहडा जंगल राम्रो मानन्छि । नेपालको रोल्पा, रुकुम, सल्यान, प्यूठान टिमुरको लागि निकै प्रसिद्ध छ । यसको प्रसारण बिऊ र हाँगाको कलमी गरी हुन्छ । बिउबाट विरुवा उत्पादन गर्दा चैत्र बैशाख महनिा र कलमी गर्दा मंसिर पुसमा गरिन्छ । बिउबाट प्रसारण सबै भन्दा उत्तम हुन्छ । यसको फल पाकेपछि गाढा रातो हुने र कार्तिक मंसरिसम्म संकलन गरन्छि ।
टिमुरको मुख्य उपयोग
फलबाट मसला तथा औषधी
बीउबाट सुगन्धित तेल
समन्वय गर्नु पर्ने निकायहरु
वन मन्त्रालय तथा वन तथा वनस्पती विभाग र मातहतका कार्यालयहरु
उद्योग मन्त्रलाय र मातहतका विभाग तथा कार्यालयहरु
अर्थ मन्त्रालय
सामुदायीक वनहरु
स्थानीय पालिका
प्रदेश वन मन्त्रालय
कृषि तथा वन क्याम्पस
प्रदेश मुख्यमन्त्रीको कार्यालय
मिडियाहरु
समुह/ समिति/ सहकारीको माध्यमबाट उत्पादन तथा बजारीकरण गर्ने विधि
क्षेत्र पहिचान
तथ्याङ्क संकलन गर्ने
पकेट क्षेत्र निर्धारण
समूह समिति सहकारी गठन गर्ने
नर्सरी स्थापना गर्ने
खेर गएको बाँझो जमनिमा वृक्षारोपण गर्ने
संकलन केन्द्र स्थापना
उद्योग क्षेत्र निर्धारण तथा उद्योग स्थापना
बजारको पहिचान तथा बजारीकरण
अन्तमा,
सुदूरपश्चिम प्रदेशमा जटडिबुटी उत्पादन तथा वनजन्य उत्पादनमा आधारित उद्योगहरु स्थापना गरी स्वरोजगार सर्जिना गर्न सकिने प्रयाप्त सम्भावनाहरु रहेका छन् । यसको लागि संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारले लगानी कर्ताहरुलाई आकर्षण हुने गरी हाल विद्यमान ऐन कानूनहरुलाई लगानीमैत्री तथा व्यवहारिक बनाउनु त्यतिकै आवश्यक देखिन्छ ।
यसको लागि सरोकारवालाहरुसँग व्यापक छलफल तथा अन्तरक्रिया गर्नु त्यतिकै आवश्यक छ । सुदूरपश्चिम विश्व विद्यालय एवम् शक्षिासँग सम्बद्ध निकायहरुले स्नातक तथा स्नातकोत्तर एवम् विद्यावारिधिका विद्यार्थीहरुलाई शोधग्रन्थ तथा अध्ययन अनुसन्धानको पाटोको रुपमा समेट्न सक्नु पर्दछ । यस आलेखमा केही नमूनाको रुपमा मात्र नासपाती, ओखर, च्युरी र टिमुरको बारेमा केही सामान्य जानकारी दिने प्रयास गरेको छु । सम्बद्ध सबै सरोकारवालाहरुले सहकार्य समन्वय गरी सुदुरपश्चिमको दीगो विकासमा जुट्नु त्यतिकै अपरिहार्य रहेको छ ।
धन्यावद, जय सुदूरपश्चिम !
(लेखक बासुदेव नाथ, डिलासैनी गाउँपालिका वडा नं ५ गोकुलेश्वर नगराउँ बैतडी जिल्ला स्थायी ठेगाना भई हाल भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश हेटौंडा मकवानपुरमा अधकिृतस्तर आठौं पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)