• मंसिर १२ २०८१, बुधबार

पपुवा न्युगिनीद्वारा नेपाललाई २०५ रनको लक्ष्य

चैत्र २ २०७८, बुधबार

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई दुई सय पाँच रनको विजय लक्ष्य दिएको छ । यूएईको सारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय चार रन बनायो ।

पीएनजीका लागि चार्ल्स अमिनीले ५९ रन बनाए । चद सोपरले ३५, ओपनर टोनी उराले २७, लेगा सियकाले २५, नोरमान भानुले २३ र असद भालाले १९ रन बनाए ।

बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले समान एक एक विकेट लिए ।