काठमाडौं । प्रकाश सपुतको नयाँ गीत ‘पीर’ विवादित बनेको छ । युट्युबबाट रिलिज भएको केहि घण्टा पनि नबित्दै उक्त गीत हटाउन चेतावनी समेत दिइएको छ ।
नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन सामाजिक संजाल मार्फत चेतावनी समेत दिएकी हुन ।
जनयुद्धमा सहभागी जनमुक्ति सेनाको अबस्थालाई चित्रण गरिएको गीत यतिबेला युट्युबको ट्रेन्डिङमा रहेको छ । १६ मिनेट २५ सेकेण्ड लामो भिडियोमा जनयुद्धमा सहभागी भएकाहरुको पिडा देखाइएको छ ।
सिंहले आफ्नो सामाजिक संजालमा लेखेकी छिन् ,-`जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीय विभेद विरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो भन्दै सिंहले प्रशन गरेकी छन । ‘दिदीबहिनीहरु माथि अपमान हुने गरी बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।’