काठमाडौं । बुधबार त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ ।
चिकित्सकले चार घण्टा लामो शल्यक्रियामार्फत उनलाई एउटा मिर्गौला प्रत्यारोपण गरेका हुन् ।
पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौला दान दिएका हुन् । प्रत्यारोपणपछि अहिले पल्पसालाई चिकित्सकीय निगरानीमा राखिएको छ ।
तस्वीर : पल्पसा डंगोलको फेसबुकबाट