काठमाडौं । बहराइनको इन्टरनेसनल एम्बेसी बजारमा नेपाली उत्पादनहरू बिक्रीमा राखिएको छ ।
बहराइनस्थित चिल्ड्रेन एन्ड मदर वेलफेयर सोसाइटीको संयोजकत्वमा सञ्चालित इन्टरनेसनल एम्बेसी बजारमा नेपाली राजदूतावासले नेपाली उत्पादनहरू- विभिन्न हस्तकला सामाग्री, चिया, पस्मिना सल आदी व्यापारको लागि राखिएको छ ।
कार्यक्रममा विशेष अतिथि शाइखा लुलवा विन्त खलिफा अई खलिफाले नेपाली स्टलको रुचिपूर्वक अवलोकन गर्नुका साथै पस्मिना सल तथा हस्तकलाका सामाग्री खरिद गरेकी थिइन् । यसै गरी, अन्य आगन्तुकहरूले समेत नेपाली उत्पादनको प्रशंसा गर्दै हस्तकला सामाग्री, पस्मिना सल तथा चिया खरिद गरेका थिए।