• मंसिर १२ २०८१, बुधबार

दीपिका डोसा, रजनीकान्त थलाइवा : भारतमा कलाकारको नाममा रेष्टुरेन्ट

फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौं । बलिउड रंगमञ्च निकै ठूलो र रंगीन छ । यसको आकाशमा धेरै कलाकार तारा झैं चम्किरहन्छन् । केही ब्याकहोल झैं असिमित गुरुत्व लिएर बसिरहेका हुन्छन् । अरु केही धेरै त गुमनाम रहन्छन् पनि ।

बलिउडमा यस्ता कैयौं कलाकार छन्, जो आफ्नो अभिनयको दममा फ्यानको दिल र दिमागमा अमिट छाप छोडिरहेका छन् । यीमध्ये केहीको नामबाट रेष्टुरेन्ट र खानेकुरा नै बनेका छन् ।

दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई दर्शकले उनको स्टाइल र अभिनयका लागि चिन्छन् । उनको भारतमा करोडौं फ्यान छन् । उनलाई फ्यानहरूले ‘थलाइवा’ नामले चिन्छन् । उनको नाममा बनेका चेन्नइको न्यू नीला भवनमा रहेको एक रेष्टुरेन्टमा १२ खानेकुरा पाइन्छन् ।

बलिउडकी ‘डिम्पल गर्ल’ अभिनेत्री दीपिका पादुकोणको हाँसो र लुक्सको जो कोही पनि फ्यान छन् । उनको नाममा महाराष्ट्रको पूणेमा पराठा बनाइन्छ । यसबाहेक अमेरिकाको अस्टिन शहरको एक रेष्टुरेन्टमा डोसाको नाम नै दीपिका राखिएको छ ।

बलिउड अभिनेता रणवीर कपूरको नाममा पञ्जाबको राजधानी चण्डीगढको एक ढावामा स्पेशल चिकन पाइन्छ । रणवीर आफ्नो पोलिटिकल ड्रामा फिल्म ‘राजनीति’को प्रवर्द्धन गर्न यो ढावामा पनि पुगेका थिए । बलिउडका ‘किंग खान’ शाहरुख खानको लोकप्रियता भारतमा कम छैन ।

केही समय अघि शाहरुखले बनारसमा जुन दोकानमा पान खाए, पानवालाले उनको नामबाट नै पान बेच्न थाले । त्यो पान पसल वरपरका मानिसहरु त्यो दोकानलाई अहिले ‘शाहरुखले पान खाएको दोकान’ भनेर चिन्दछन् । ग्लोबल आइकन अभिनेत्री प्रियंका चोपडाको नाममा वेस्ट हलिउडमा मिलियन्स अफ मिल्कशेक्स स्टोरमा मिल्क शेक पाइन्छ ।

अभिनेता सलमान खानको नाममाथि उनको एक फ्यानले एक दमदार रेस्टुरेन्ट नै खोलेका छन् । जुन रेस्टुरेन्टमा पाइने खानेकुराहरुको नाम उनले फिल्मका भूमिका निभाएका पात्रहरुको नाम दिएका छन् ।