• मंसिर १२ २०८१, बुधबार

अमेरिकी लेखक भन्छन्, ‘यसरी कमजोर बन्दैछ पुँजीपतिहरुको एकल राज’

फाल्गुन १९ २०७८, बिहीबार

विश्वचर्चित अमेरिकी लेखक जेरेमी रिफ्किद्वारा लिखित वेष्ट सेलर पुस्तक ‘जिरो मार्जिनल कष्ट सोसइटी’को नेपाली संस्करण शून्य सीमान्त लागतमा आधारित सहयोगी समाज बजारमा आएको छ । यो पुस्तकमा नाफामा आधारित पुँजीवाद कसरी ढल्दै छ र त्यसको समानान्तरमा आधारित सहयोगी समाजको उदय कसरी भइरहेको छ भन्ने बारेमा खुलाइएको छ ।

जेरेमी रिफिकन एक अमेरिकी लेखक, सार्वजनिक वक्ता, आर्थिक तथा सामाजिक सिद्धान्तकार, राजनीतिक सल्लाहकार र अभियानकर्ता हुन् । उनले २१ वटा पुस्तकहरु लेखेका छन्, जुन अर्थतन्त्र, श्रमशक्ति, समाज र पर्यावरणमाथि वैज्ञानिक तथा प्राविधिक परिवर्तनहरुको प्रभावमा केन्द्रित छन् । यी पुस्तकहरुमध्ये प्रमुख ‘कामको अन्त्य’ -The End of Work ) तेस्रो औद्योगिक क्रान्ति (The Third Industrial Revolution) र ‘शून्य सीमान्त लागत समाज’  (Zero Marginal Cost Society) हुन् ।

‘कामको अन्त्य’मा विज्ञान प्रविधिको उच्च विकास भएपछि मानव श्रम विस्थापित भएको छ र त्यसबाट कामको अन्त्य भएको छ भन्ने कुराको वर्णन गरिएको छ । त्यसैगरी ‘तेस्रो औद्योगिक क्रान्ति’ मा नयाँ ऊर्जाको मानवीकरणीय ऊर्जाको आगमनले अब विश्वव्यापी रुपमा ऊर्जाको पहुँच हुने अवस्था सृजना भएको तथ्य उद्घाटन गरिएको छ ।

यो पुस्तक विश्वमा सर्वाधिक बिक्री हुने पुस्तकहरुमा पर्दछ । चिनियाँ प्रधानमन्त्रीले यसलाई अत्यन्तै महत्व दिएका थिए र उनके सिफारिसमा चीनमा ५ लाख प्रति छापिएको थियो । ‘शून्य सीमान्त लागत समाज’ (Zero Marginal Cost Society ) सन् २०१४ मा प्रकाशित भएको थियो । यस पुस्तकमा लेखकले तीनवटा विषयहरुको वर्णन गरेका छन् विज्ञान तथा प्रविधिको प्रधानता, प्रचुरताको अर्थतन्त्र र सहयोगी समाजको उदय । यिनीहरुकै आधारमा अब पूँजीवादको अन्त्य हुँदै छ भन्ने उद्घोष गरिएको छ । जस्तो कि यो पुस्तकको शुरुमै भनिएको छ,‘पूँजीवादी युग छिटो नभए पनि अनिवार्य रुपमा समाप्त हुँदैछ । त्यसको स्थानमा नयाँ आर्थिक ढाँचा सहयागी समाज’ को उदय भइरहेको छ, जसले हाम्रो जीवनशैली परिवर्तन गर्दछ ।

यस पुस्तकमा पुँजीवाद कसरी ढल्दैछ भन्नेबारे तथ्य र तर्कपूर्ण सामग्री प्रस्तुत गरिएको छ । पुँजीवादीहरुले अजर, अमर र शास्वत छ भनेको पुँजीवाद कसरी ढल्दैछ ? के समाजवादी क्रान्तिको लहरले पुँजीवाद ढाल्दै छ त ? होइन, तर ढल्दैछ । यो पुस्तक पूँजीवादको मृत्युको घोषणाको तर्कपूर्ण तथ्यहरुको संगालो हो । मानव समाजले अरु सामाजिक र राजनीतिक प्रणालीहरु भन्दा छोटो समयमा तीव्र विकास गरेको र छिटै अस्ताउन लागेको आर्थिक राजनीतिक प्रणाली हो, पूँजीवाद । गतिका आर्थिक नियमहरुको अध्ययनले बताउँछ कि पुँजीवाद पनि नाश हुनेछ । तर यहाँ जेरेमी रिफिकन मार्क्सको विष्लेशनको आधारमा होइन, विज्ञान ।

प्रविधिको असाधारण कार्यक्षमताका कारण उत्पादनमा आएको प्रचुरताले नाफामुखी पूँजीवादको अवसान र सहयोगी समाजको उदय अनिवार्य बनिरहेको छ भन्ने निष्कर्षमा लेखक पुगेका छन् ।

अब नाफामा आधारित पूँजीवादको स्थान शून्य सीमान्त लागतमा आधारित सहयोगी समाज (जो पहिल्यैदेखि अस्तित्वमा थियो र अहिले प्रभावी बन्दै गइरहेको छ) ले लिइरहेको छ । आजको विश्व राजनीति र अर्थनीतिलाई बदलिएको आँखाबाट हेर्नलाई यो पुस्तक उपयोगी सावित हुनेछ ।

आज अरबौं मान्छेहरुलाई जोड्ने इन्टरनेटको सञ्जालको विकास भएको छ, जसले हाम्रो ज्ञानलाई पनि साझा बनाएको छ । अब कोही पनि एकल सर्वज्ञानी रहेन । संसारभरको उन्नत विषय हामी क्षणभरमै पढ्न, सिक्न र बाँड्न सक्ने भएका छौं । अब बौद्धिक सम्पति पनि सबैको साझा हुन गएको छ । अभावपूर्ण उत्पादन प्रणालीबाट मानव समाज प्रचुर उत्पादनतर्फ फड्को मारिरहेको छ । विज्ञान र प्रविधिको जगमा बन्दैगरेको नयाँ विश्वग्रामबारे बुझ्न सबैले एकपटक यो पुस्तक सबैले पढ्नैपर्छ । (अनुवाद तथा सम्पादन रमेश सुनुवार र राजकुमार श्रेष्ठ ।)