काठमाडौँ। नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १९ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ।
यस्तै तेजावी सुनको भाउ पनि ९९ हजारमा पुगेको छ।
यसैगरी बुधबार चाँदीको भाउ पनि बढेको छ। आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।