• मंसिर १२ २०८१, बुधबार

कर्मचारी युनियनको उपाध्यक्षमा चुनाव लड्ने गौतमको घोषणा

फाल्गुन १५ २०७८, आईतवार

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको काठमाण्डौंमा हुन गैरहेको ८औं राष्ट्रिय महाधिवेशनमा रुपन्देहीका मदन गौतमले केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष पदमा पुनः उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि केन्द्रिय उपाध्यक्ष र लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका गौतमले फेरिपनि केन्द्रीय उपाध्यक्षमै उमेदवारी दिएका हुन् । गौतम ०४७ सालमा कर्मचारी सङ्घको सदस्यता लिई ०४८ सालमा सो संगठनको डोटी जिल्लाका संस्थापक अध्यक्षको जिम्मेवारी निभाएका थिए ।

उनी रोल्पा जिल्लाको सिबिए निर्वाचनमा युनियनलाई प्रथम बनाई सिबिए रोल्पाको अध्यक्ष भएका र संगठनको सातौं महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश अध्यक्ष बन्न सफल भएका थिए । उनले लुम्बिनी प्रदेशको तर्फबाट उमेदवारी दिन लागेका हुन् ।

प्रेमिकालाई प्रेमीले भनेजस्तो आकासका तारा खसाईदिन्छु भनेजस्तो त भन्दिनँ तर साथीहरुको सुखदुःखमा निरन्तर साथ दिनेछु भन्ने उनको भनाई रहेको छ । कर्मचारी अवकास नहुँदासम्म प्रत्येक वर्ष ग्रेड बृद्धि भैरहनु पर्ने र सो प्रकृया रोकिन नहुने गौतमको धारणा रहेको छ ।

पञ्चायती ब्यवस्थामा बनेको पेन्सन नियमावली परिवर्तन हुनुपर्ने उनको माग रहेको छ । साथै कर्मचारीको मृत्युपछि उसको आश्रित परिवालाई पुरै रकम पाउने गरि कानुन बनाउन अब चयन हुने कार्यसमितिमा जोड्दार आफ्ना कुरा राखी पहल गर्ने उनले बताए । घरविदा १८० दिन सञ्चित हुने त्यो भन्दा बढि विदा सञ्चित नहुने, विदाको रकम पनि भुक्तानी नदिने कानुन सम्शोधन हुनुपर्ने उनको विचार छ ।

उनले आफू विजय भएमा युनियनको राष्ट्रिय भेलाको घोषणा पत्र अनुसारको माग पुरा गराउन कार्यसमितिलाई सहयोग सहित निरन्तर रुपमा लाग्ने बताए । युनियनका साथीहरुलाई समस्या पर्दा वास्ता नगर्नेहरूलाई युनियनका मतदाताले ठेगान लगाइछाड्ने उनको प्रतिवद्धता रहेको छ ।

मैले मात्र काम गर्न सक्छु भन्ने भावना लिएर हिंड्नेहरुलाई गौतम भन्नुहुन्छ, ‘संस्थामा एक्लै केही गर्न सकिँदैैन, सबैको साथ र सहयोग भएमा मात्र जे काम पनि गर्न सकिन्छ । राजपत्र अनंकित कर्मचारीहरूका थुप्रै समस्या छन् । ती समस्या समाधान गर्न निरन्तर लागिरहने छु ।’

राजनैतिक पार्टीका नेताहरुले अब नेपालमा कुनै आन्दोलन गर्नु पर्दैन भन्थे, कर्मचारीका समस्या समाधान गर्न सबै राष्ट्रिय ट्रेड युनियनलाई साथ लिई र कर्मचारी युनियनले नेतृत्व गर्दै कर्मचारी आन्दोलन गर्नुपर्ने आवश्यकता उनले देखेका छन् ।

यसको लागि नेतृत्व तहलाई साथ र सहयोग दिन दबाव सृजना गर्नेछु भन्ने उनको भनाई रहेको छ । कर्मचारी समायोजन गर्दा तत्कालीन सरकारले जबरजस्त गर्यो । सिबिएमा नेतृत्व लिएका नेतृत्वतहले कर्मचारीहरूको समस्यालाई समाधान गर्नु भन्दा सरकारलाई साथ दियो । कर्मचारी युनियनले उठाएका विषयलाई सरकारले सुनेन । आजसम्म हामी कर्मचारीहरुले दुःख पाइरहेका छौं अब बन्ने सङ्घीय निजामती सेवा ऐनमा कम्तीमा २ वर्ष विभिन्न निकायमा बसि काम गरिसकेका कर्मचारीहरुले चाहेमा उनीहरूलाई स्थानीय निकायबाट प्रदेश सङ्घ वा सङ्घबाट प्रदेश स्थानीय निकायमा सरुवा भई जान पाउने कानुन निर्माण हुन जरुरी रहेको उनको बुझाइ छ ।

उनी भनछन्,‘सिबिए निर्वाचन निजामती सेवा ऐन बनेपछि मात्र हुनुपर्छ । राष्ट्रिय किताब खानामा नाम दर्ता भएका सबै कर्मचारीले मतदानमा भाग लिन पाउने साथै समायोजन पछि लोकसेवाबाट सिफारिस भएका स्थानीय निकायका कर्मचारीको नाम दर्ता गराई उनीहरुले पनि मतदान गर्न पाउनु पर्छ भन्ने कर्मचारी युनियनको माग रहेको छ ।’

निर्वाचनमा कर्मचारी युनियन प्रथम स्थानमा आउन नसक्दा कर्मचारीहरूको दुर्दसा भएको गौतमको भनाई रहेको छ । गौतम भन्छन्, ‘म पदमा रहुँला वा नरहुँला अब हुने सिबिए निर्वाचनमा युनियनलाई प्रथम स्थानमा ल्याउन निरन्तर लाग्ने छु ।’

मदन गौतम विद्यार्थी कालदेखि जनमत सङ्ग्रह, नेपाली काङ्ग्रेसले गरेको ०४२ को सत्याग्रह, ०४६ सालको जनआन्दोलन, ०६२-०६३ को दोस्रो जनआन्दोलन, २४ ‘घ’को बढुवा र समायोजन आन्दोलन लगायत थुप्रै विषयको अनुभवबाट खारिएका छन् ।