काठमाडौँ । इतिहासका अध्येता, एक समयमा खाँटी पत्रकार तथा चर्चित लेखक गोरखाका यादव देवकोटाले हालै एक रमाइलो व्यापारमा हात हालेका छन् । उनले देशका विभिन्न जिल्लाहरुमा उत्पादित स्थानीय खाद्यान्नहरुलाई राजधानी काठमाडौँ ल्याएर विक्रि वितरण गर्ने कार्य सुरु गरेका छन् ।
‘आजु अर्गानिक फूड’ नाम राखेर प्याकिङ गरेर विक्रि वितरण गर्ने कार्य सुरु गरेका देवकोटाले किसानबाट सिधै खाद्यान्न किनेर उपभोक्ता माझ पुर्याउने जमर्को गरेको गोलखबर डटकमलाई बताए । देशका विभिन्न जिल्लाका किसानको स्थानीय उत्पादनलाई प्याकिङ गरेर राजधानीका उपभोक्ताहरुसम्म पुर्याउने भनेर आजु अर्गानिक फूड सुरु गरेका उनले किसानको उत्पादनलाई बिचौलियाबिना नै उपभोक्ताको भान्सामा पुर्याउने लक्ष्य लिएको जानकारी दिए ।
स्थानीय उत्पादन हुनुको हिसाबमा आफूले बेच्न लागेको खाद्यान्न अर्गानिक हुने पनि उनको दावी रहेको छ । अर्गानिक खाद्यवस्तु बिचौलियाबिना किसानको खेतबारीबाट खरिद गरेर उपभोक्ताको चुल्होसम्म पुर्याउँदा उपभोक्ताहरुलाई अरुभन्दा सस्तो मूल्य पर्न जाने र भारत लगायतका देशबाट ल्याइएका जस्तो अस्वस्थ र अखाद्य पनि नहुने उनको दावी छ ।
विदेशबाट आयात गरिएको खाद्यवस्तुमा विषादी मिसावट हुने मात्रै नभएर कतिपय अवस्थामा बिचौलियाहरुले पैसाको लागि अखाद्यवस्तु समेत मिसाएर बेच्ने हुँदा त्यस्ता खाद्यवस्तुहरु मानव स्वास्थ्यको लागि हानिकारक हुने कुरालाई ध्यान दिंदै नेपाली किसानको खेतबारीमा उब्जाइएका र बिचौलिया नलगाई सोझै खरिद गरेर उपभोक्तासम्म स्वस्थ तथा अर्गानिक खाद्यवस्तु पुर्याउन लागेको उनले जानकारी दिए ।
आजु फूडले कर्णाली प्रदेशका सल्यान, दैलेख, जुम्ला, कालिकोट र जाजरकोट, लुम्बिनी प्रदेशका दाङ्ग, रुपन्देही, गुल्मी, बर्दिया, रोल्पा र कपिलवस्तु लगायतका जिल्लामा उत्पादित स्थानीय खाद्य सामग्री किसानको खेतबारीबाटै संकलन गरी ल्याइ प्याकिङ्ग गरेर विक्रि वितरण गरिरहेको छ । त्यस्तै गण्डकी प्रदेशका कास्की, गोरखा, १ नम्बर प्रदेशको इलामबाट, मधेश प्रदेशको सर्लाहीबाट समेत अहिले स्थानीय खाद्यवस्तु संकलन गरेर आजु फूडले विक्रि वितरण गरिरहेको छ ।
आजु फूडका अनुसार उसले सल्यानबाट संकलन गरेर कालो मासको दाल, तिते फापर, चारमुखे पिंडालु र अदुवा ल्याई प्याकिङ्ग गरेर विक्रि वितरण गरिरहेको छ भने जुम्लाबाट ल्याएका मार्सी चामल, कागुनो, चिनो, फापर, भटमास, सिमी र जौं लगायतका खाद्य सामग्री विक्रि वितरण गरिएको छ । त्यस्तै उसले गोरखाका किसानको बारीबाट संकलन गरी ल्याएर भैंसीको घिउ, अनादीको चामल, मासको दाल, पिंडालु, जापानिज मस्याङ र स्थानीय मस्याङ र इन्द्रावेदी धानको चामल विक्रि वितरण गरिरहेको छ ।
इन्द्रावेदी धानको चामल आजु फूडका संचालक देवकोटाको आफ्नै बारीको मात्रै नभएर आफैले खेती गरेर विक्रि गरिरहेको उनले बताए । सो इन्द्रावेदी चामलको भात पकाउँदा गाउँसम्म बासना फैलने र शहरमा पनि टोलभरी बास्ना आउने उनले बताए । आफैले खेती गरेको हुनाले सो चामल शतप्रतिसत अर्गानिक रहेको समेत उनले जानकारी दिए ।
त्यस्तै सो फुड कम्पनीले गुल्मीबाट संकलन गरेर ल्याएर खुदो, कास्कीबाट जेठो बुढो धानको चामल, इलामबाट गाईको घिउ, सर्लाहीबाट मोरिङ्गो र बेसार, रुपन्देहीबाट आलस, कालिकोटबाट सेतो मकै र भाङ्गो, जाजरकोट कुशे गाउँपालिकाबाट खैरो, सेतो र मिक्स भटमास, कपिलवस्तुबाट काला नमक धानको चामल, दाङ्ग बबई गाउँपालिकाबाट मह, दैलेखबाट मह, खोकनाको तोरीको तेल, रोल्पा र बर्दियाबाट स्थानीय लसुन, बर्दियाबाट मुक्त कमलरीहरुले स्वउद्यममा लागेर उत्पादन गरेको नेपाल युथ फाउण्डेशनले पठाएका खाद्यान्नहरु ग्रिण्डिङ गरि, प्याकिङ गरी र ब्राण्डिङ गरेर विक्रि वितरण गरिरहेको छ ।
आजु फूडले कुनै बिचौलिया बिना सिधै किसानको बारीमा पुगेर आफैले खाद्यान्न संकलन गरेर ल्याउने गरेको संचालक देवकोटाले जानकारी दिए । यसरी बिचौलिया बिना आफै दुर्गम जिल्लाहरुमा गएर किसानको खाद्यान्न संकलन गर्दा बिचौलियाले लिने २ रुपैयाँ भएपनि बढी रकम दुःख गरेर खाद्यान्न उत्पादन गर्ने किसानले प्राप्त गर्ने मात्रै होइन उपभोक्ताहरुले समेत स्वस्थ तथा ताजा खाद्यान्न पाउने उनले बताए ।
किसानदेखि उपभोक्तासम्म कुनै बिचौलिया बिना खाद्यान्न पुर्याउने लक्ष्य लिएको आजु फूडले आफू पनि जनतालाई सेवा प्रवाह मात्रै गर्ने सेवक हुने तर बिचौलिया नहुने उद्धेश्य राखेको छ । नेपालमा रहेको किसान मारा र उपभोक्तामारा बिचौलियाहरुको लुट भत्काएर स्वस्थ तथा अर्गानिक खाद्यान्न उपभोक्ताहरुको चुल्होसम्म पुर्याउने कार्यमा लागिरहँदा बजारमा रहेको बिचौलिया सहितका व्यापारीहरुको भन्दा सस्तो तथा गुणस्तरीय खानेकुरा विक्रि वितरण गरिरहेको उसले जनाएको छ ।
विभिन्न जिल्लाहरुबाट संकलन गरेर खाद्यान्न काठमाडौँ ल्याउँदाको यातायात भाडा, लागत खर्च र सटर भाडाका साथै ग्रिण्डिङ, ब्राण्डीङ तथा प्याकेजिङ गर्दा लागेको लागत मात्रै उठाएर बजारमा खाद्यान्न पुर्याउने काम गरेको देवकोटाले बताए । आजु फूडको गोदाममा परम्परागत सीप भएका मानिसले नै खाद्यान्नहरुलाई प्याकेजिङ तथा ग्रिण्डिङ गरिरहेका हुन्छन् । उनको गोदाममा अन्न बालीहरु निफन्ने, केलाउने लगायतका काम गर्नेहरुले गाउँ घरमा प्रयोग हुने गरेका परम्परागत नाङ्लो लगायतका साधनहरुबाट ती अन्नहरुलाई व्यवस्थित गरिरहेको देखिन्छ ।
कहाँ पाइन्छ त आजु फूड ?
देशका चारैतिरबाट विभिन्न जिल्लाबाट किसानहरुले उत्पादन गरेको विषादी रहित खानेकुराहरु संकलन गरेर ल्याएर राजधानी काठमाडौँमा राखी जम्मा गरेर आजु फूडले विक्रि वितरण गरिरहेको छ । राजधानीको टेकुमा उसको मुख्य गोदाम रहेको छ भने बालाजुमा उसको मूख्य विक्रि केन्द्र रहेको छ । निकट भविष्यमा आजु फूडले स्वयम्भुको होटेल नयन रहेको भवनमा पनि आफ्नो विक्रिकेन्द्र सुचारु गर्दै गरेको छ । बैशाखको पहिलो साताबाट ललितपुरको भनिमण्डलमा पनि उसले विक्रि केन्द्र सुचारु गर्ने बताएको छ ।
त्यस्तै आजु फूडका संकलनहरु अनलाइन वा फोनलाइनबाट अर्डर गरेर दरवारमार्गको शेर्पा मलबाट समेत खरिद गर्न सकिनेछ । आजु फूडको अनलाइन वा फोनलाइनबाट अर्डर गरेको आफूले चाहेको समान शेर्पा मलको रिबक, एडिडाज र लिभाइजको शोरुमबाट पिकअप गरेर लिन सकिने आजु फूडका संचालक देवकोटाले जानकारी दिए ।
त्यसै गरी अनलाइन तथा फोनलाइनबाट अर्डर गरेर सो फूडका सामानहरु जावलाखेलका रिबक, एडिडाज र लिभाइजका शोरुमहरुबाट पनि पिकअप गरेर लिन सकिन्छ । रुट्स फेशनले ती शोरुमहरुबाट पिकअप गर्नका लागि आजु फूडसँग सहकार्य गरेको सञ्चालक देवकोटाले बताए ।
कुन समानको कति मूल्य ?
विभिन्न जिल्लाहरुबाट संकलन गरेर ल्याइ विक्रि वितरण गरिरहेका ती खाद्य सामग्रीहरु बिचौलियामार्फत् ल्याइएका भन्दा सस्तो दरमा उपलब्ध गराएको बताउने आजु फूडले न्यून दरमा समानहरुको मूल्य निर्धारण पनि गरेको छ । उसका अनुसार आजु फूडको मास किलोको ३ सय रुपैयाँ हुनेछ भने खैरो भट्मास २ सय २५ प्रतिकिलो, सेतो भट्मास २ सय प्रतिकिलो मूल्य रहेको छ ।
त्यस्तै बजारमा १३ सय रुपैयाँ प्रतिकिलो पाइने इलामको गाईको घिउ आजू फूडले किलोको ११ सयमा विक्रि गरिरहेको बताएको छ । त्यस्तै भैंसीको घिउ मानाको ११ सयमा बेचेको उसले बताएको छ । त्यस्तै पोखरेली जेठो बुढो धानको चामल किलोको २५० रुपैयाँ, पिंडालु १ सय रुपियाँ प्रतिकिलो, जुम्लाको सीमीको दाल २७० रुपैयाँ प्रतिकिलो, जापानिज मस्याङ २२५ प्रतिकिलो, स्थानीय मस्याङ २ सय प्रतिकिलो, भाङ्गो किलोको ४ सय रुपैयाँमा धमाधम विक्रि भइरहेको आजु फूडले बताएको छ ।
आजु फूडका स्वस्थ्य तथा स्थानीय संकलनहरु तपाईं पनि किनेर खाने कि ? आजु फूडबाट स्थानीय उत्पादन किनेर खाना चाहनेहरुले संचालकलाई ९८५१०१८६६० मा सम्पर्क गरेर अर्डर गर्न सकिन्छ । स्थानीय उत्पादन उपभोग गरी स्वस्थ्य रहौं र आफ्नै देशको उत्पादनलाई प्रवर्द्धन गरी नेपाली किसानको आर्थिक स्तरलाई माथी उठाऔं भन्ने उद्धेश्य आजु फुडको रहेको छ ।