• श्रावण १० २०८३, आईतवार

प्रतितोला १४ सयले घट्यो सुनको मूल्य

फाल्गुन १५ २०७८, आईतवार

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाला सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज तेजावी सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँ कायम भएको छ।

यसैगरी आइतबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज तोलामा ४० रुपैयाँले घटेर एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।