• मंसिर १२ २०८१, बुधबार

बलिउड अभिनेता धर्मेन्द्रले यसरी खोले आफ्नो रहस्य

फाल्गुन १३ २०७८, शुक्रबार

काठमाडौं । बलिउडका दिग्गज कलाकार धर्मेन्द्रसँग धेरै किस्सा र कथा जोडिएर आउने गर्दथे । तर पनि उनी आफैले नबोल्दासम्म के हो के हो भन्ने लाग्दथ्यो, उनका सहकर्मी साथीहरुलाई ! तर धर्मेन्द्र आफैले एउटा किस्सा भने ‘टेलिभिजन शो’ मै सुनाए ।

उक्त शोमा धर्मेन्द्रले आफूसँगै जोडिएको किस्सा फिल्म ‘आए दिन बहार’ को सुटिङताकाको स्मरण गर्दै सुनाए । यो किस्साले धर्मेन्द्रलाई हकी अभिनेताका रुपमा चिनाउन मद्दत गरेको छ ।

यो फिल्म आजभन्दा ५६ वर्ष अघि सन् १९६६ मा रिलिज भएको थियो । यो त्यस समयको हिट फिल्महरुमा पर्दथ्यो । फिल्ममा धर्मेन्द्रसँग अभिनेत्री आशा पारेख थिइन् ।

आशालाई धर्मेन्द्रले ‘जुबली पारेख’ भनेर बोलाउने गर्थे । किनकि आशा कोही पनि अभिनेतासँग काम गर्दा त्यो फिल्म हिट हुन्थ्यो । यो फिल्मको सुटिङ सकिएपछि धर्मेन्द्र फिल्मका निर्देशक तथा अन्य सदस्यसँग अबेर रातसम्म मदिरा पिउँथे ।

धर्मेन्द्रका अनुसार जब उनी बिहान सुटिङमा जान्थे, त्यो बेला उनको मुखबाट मदिराको गन्ध आइरहन्थ्यो । त्यही कारण मदिराको गन्ध नआओस् भन्नका लागि उनी प्याज खाएर सुटिङमा जाने गर्दथे ।

एकपटक आशाले निर्देशक तथा सहकर्मी साथीहरुसँग ‘धर्मेन्द्रको मुखबाट मदिराको गन्ध आउँछ’ भनेर गुनासो गरिछन् । त्यसपछि यो गुनासो धर्मेन्द्रसम्म पनि पुग्यो ।

धर्मेन्द्र सम्झन्छन्, ‘मैले मेरो समस्या सुनाएँ, आशाजीलाई विनम्रताका साथ मेरो कुरा राखे ।’ आशाले मलाई ‘मदिरा नपिउन’ सल्लाह दिनुभयो ।
धर्मेन्द्रले थप्छन्, ‘त्यसपछि हामी राम्रो साथी बन्यौ ।’