काठमाडौं । आइसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनल खेलमा यूएईले नेपाललाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।
मंगलबार ओमान स्थित अल अमारत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा सात विकेट गुमाउँदै नेपाललाई एक सय ७६ रन बनाएको हो ।
खेलमा यूएईका लागि मोहम वसिमले सर्वाधिक रन बनाए । उनले ४८ बलमा सर्वाधिक ७० रन बनाए । उनीपछि भ्रित्य अरभिन्दले ४६ रनको योगदान गरे । मोहमद उसमानले १७ रन बनाए ।
नेपालका लागि जितेन्द्र मुखिया र अविनास बोहराले ३–३ विकेट लिए भने कप्तान सन्दीप लामिछानले १ विकेट लिए ।