• मंसिर १३ २०८१, बिहीबार

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

फाल्गुन १० २०७८, मंगलवार

काठमाडौँ। साताको तेस्रो दिन मंगलबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ४२ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ९३ अंकमा पुगेको छ ।

सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले नै उकालो लागेको थियो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.३६ अंकले बढेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम सोमबारको तुलनमा मंगलबार वृद्धि भएको छ । सोमबार ३ अर्ब पनि नपुगेको सेयर करोाबार रकम मंगलबार ३ अर्ब २१ करोड नाघेको छ ।