• मंसिर १३ २०८१, बिहीबार

विहारका पूर्वमुख्यमन्त्री यादवलाई ‘चारा घोटाला’ मुद्दामा ५ वर्ष जेल सजाय

फाल्गुन ९ २०७८, सोमबार

एजेन्सी । भारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई ‘चारा घोटाला’ मुद्दामा ५ वर्षको जेल सजाय र ६० लाख भारतीय रुपैयाँ जरिवाना सुनाइएको छ ।

१३९.३५ करोड भारु अपचलनको मुद्दामा लालुसँगै ३८ जनालाई राँचीको विशेष सीबीआई अदालतले सोमबार सजाय सुनाएको हो । झारखण्डसँग जोडिएको चारा र पशुपालन घोटालको यो पाँचौं तथा अन्तिम मुद्दा थियो ।

१५ फेब्रुअरीमा अदालतले लालू यादवलाई यस घटनामा दोषी ठहर गरेको थियो । २०१७ मा चारा र पशुपालन घोटालाको अन्य मुद्दामा सजाय पाएपछि लालू यादव कुल आठ महिना जेलमा र ३१ महिना अस्पतालमा बसेका छन् । अहिले उनी जमानतमा जेलबाहिर छन् ।

९० को दशमा चर्चामा आएको करोडौं रुपैयाँ पशुपालन घोटाला मुद्दामा सीबीआईले त्यतिबेला ६६ वटा मुद्दा दर्ता गरेको थियो । यसमध्ये ६ मुद्दामा बिहारका तत्कालीन मुख्यमन्त्री लालु यादवलाई पनि अभियुक्त बनाइएको थियो ।

बिहार विभाजनपछि यसमध्ये पाँच मुद्दालाई झारखण्ड पठाइएको थियो । चार मुद्दामा यादवलाई पहिले नै दोषी ठहर गरेको थियो । जसमध्ये केहीमा उनले सजाय भोगिसकेका छन् भने केहीमा उनले जमानत पाएका छन् ।