काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै , तेजावी सुनको भाउ तोलाको ९६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी आइतबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।