• मंसिर १२ २०८१, बुधबार

१० दिने मधेस, प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सम्पन्न

फाल्गुन ६ २०७८, शुक्रबार

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा चेतना सन्देश नेपालको ब्यवस्थापन रहेको सर्लाहीमा आयोजित १० दिने मधेस, प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको  छ ।

कार्यक्रममा मौलिक लोक बाजा अन्तर्गत ढोलक र मादलको प्रशिक्षण गरिएको थियो । जसमा मधेस प्रदेशका विभिन्न जिल्ला र स्थानीय गरि २८ जना प्रशिक्षार्थीले मादल र ढोलकको प्रशिक्षण लिएका थिए ।

समापन कार्यक्रममा प्रतिष्ठानका संगीत विभाग प्रमुख तथा कार्यक्रम संयोजक प्राज्ञ अशोक राई तथा मधेस प्रदेशसभा सदस्य बेचिलुङ्गेलीले प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्र दिए ।

प्रतिष्ठानले यस अगाडि पाँचथरमा च्याब्रुङ, काठमाडौ ललितपुर माधिमे, ढोल साकेला डम्फु, च्याब्रुङ ,बाँसुरी, सारङ्गी, टुङ्ना बाजाको प्रशिक्षण आयोजना गरेको थियो । अगामी २० फागुनमा सुनसरी धरानमा ढोल र मादलको प्रशिक्षण गरिने प्राज्ञ अशोक राईले जानकारी दिए ।