• मंसिर ११ २०८१, मंगलवार

महामारीको असर र पुनर्जीवनको प्रश्न

फाल्गुन ५ २०७८, बिहीबार

चीनको बुहान सहरबाट सेप्टेम्बरको अन्तिममा सुरु भएको कोरोना अर्थात् कोभिड–१९ ले आज विश्वका सबै देश आक्रान्त छन् । यस भाइरसले घाँटी दुख्ने, रुघा लाग्ने, स्वास फेर्न अप्ठयारो गराउने, उच्च ज्वरो आउने जस्ता लक्षण देखाउने गर्छ ।
तर कतिपय अवस्थामा माथिका लक्षण विना नै यसले मानवलाई संक्रमणमा पारिरहेको हुन्छ भन्ने तथ्य चिकित्सकहरुको रहेको पाइन्छ । तीब्र गतिमा संक्रमण हुने यो रोगका कारण आज विश्व अर्थतन्त्र नै निकै कठिन मोड र परिस्थितिबाट गुज्रिरहेको छ ।

यसल बेरोजगारी बढ्ने, मुद्रास्फ्रिति दर ज्यादा हुने, अर्थतन्त्रमा नकारात्मक असर परेर दैनिक प्रशासन खर्च धान्न समेत नसकिने अवस्थाको सिर्जना गर्न सक्छ भन्नेमा हरेक देश चिन्तित देखिन्छन् । कोरोनाकै कारण अर्थतन्त्रमा प्रत्यक्ष अप्रत्यक्ष वा अल्पकालिन र दीर्घकालिन असर पर्ने विविध क्षेत्रहरु छन् ।

अन्तराष्ट्रिय व्यापार र विश्व्यापी आपूर्ति श्रृंखलामा समेत अवरोध सिर्जना गराएको छ । उद्योग धन्दा, कलकारखाना तथा अन्य क्षेत्रहरु लामो समयसम्म बन्द रहँदा बेरोजगारी तीव्र रुपले बढ्ने निश्चित छ । हाम्रो मुख्य आम्दानीको क्षेत्र भनेको कृषि र पर्यटन हो । जुन कोरोनाकै कारण ज्यादै प्रभावित भएको छ ।

एक दशक अघिसम्म हाम्रो कृषि निर्यातमुखी थियो । तर आधुनिक सेवा सुविधाको मोह र कतिपय बाध्यताले विदेशमा रोजगारीका लागि जाँदा कृषि पेशा अपहेलित हुँदै गएर आज खाद्यान्न पनि आयातमा नै निर्भर हुने अवस्थामा पुगेका छौं ।

अर्थिक वर्ष २०७६/७७को बजेट र मौद्रिक नीति अनुसार आर्थिक बृद्धिदर ८.५ प्रतिशत हुने प्रक्षेपण गरे पनि महामारीकै कारण यो बृद्धि दर २.८ मा झर्ने अनुमामन विश्व वैकले गरिसकेको छ । हाम्रोजस्तो कमजोर अर्थतन्त्र भएको देशमा महामारीको संक्रमण सावधानीपूर्वक नियन्त्रण गर्न सकिएन भने यसले चौतर्फी नकारात्मक प्रभाव पार्ने निश्चित छ ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई सही दिशा प्रदान गर्न थोरै भएपनि टेवा पुगोस भनेर विश्व बैंक अन्तर्राष्ट्रिय मुद्राकोषजस्ता वित्तीय संस्थाले सहयोग गर्ने वचन दिएका छन् । तर नेपाल आफैले यसको असरलाई न्युन गर्ने अल्पकालिन र दीर्घकालिन ठोस नीति निर्माण गरी त्यसलाई प्रभावकारी रुपले कार्यन्वयन गर्नुपर्ने देखिन्छ ।

कृषिमा पारेको प्रभाव पछिल्लो तथ्यांकअनुसार कृषिमा निर्भर रहने जनसंख्या ६५ प्रतिशतभन्दा पनि कम रहेको छ । कुल गार्हस्थ उत्पादनमा २६ प्रतिशन योगदान गर्ने कृषि क्षेत्रमा क्षति कम गर्ने उपाय अत्यावश्यक छ ।

अहिले लकडाउनका बेलामा कुखुरापालक किसानले मात्रै दैनिक २२ करोड क्षति बहन गरिरहेका छन् भने बेमौसमी तरकारी खेती मत्स्य पालन, फलफूल खेती लगायत सबैखाले कृषिलाई कोरोनाको नकारात्मक प्रभाव ज्यादै ठुलो मात्रामा परेको छ ।

खाद्यान्न तरकारी फलफूल आदिमा आत्मनिर्भर नहुँदा अर्बौ खर्च र भारतबाट आयात गर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतर्फ देशभित्रकै उत्पादनले उचित बजार नपाउँदा लागत समेत नउठ्ने अवस्था छ । त्यसैले कृषिलाई यस महामारीबाट बचाउन व्याज मिनाहादेखि अल्पकालिन र दीर्घकालिन नीतिहरु बनाएर समस्या समाधान गर्नुपर्छ ताकि किसान आफ्नो पेशाबाट नभागोस् । यस्तो वातावरण निर्माण गर्नका लागि राज्य गम्भीर भएर हरतरहले कदम चाल्नुपर्छ ।

सामान्य अवस्थामा पनि कृषि उपज मूलतः तरकारी सरकारी तवरबाटै कृषकसँग खरिद गरेर बिक्री वितरण गर्ने प्रणालीको विकास गर्ने हो भने उपभोक्ता र उत्पादक दुवैलाई राहात हुने थियो भने बिचौलिया पनि स्वतः निरुत्साहित हुनेछन् ।

पर्यटन क्षेत्रमा प्रभाव :

देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने क्षेत्र भनेको पर्यटन पनि हो । सन् २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरी २० लाख पर्यटक भित्र्याउने जुन लक्ष्य र योजना थियो । त्यसलाई कोरोनाको महामारीले नराम्ररी धक्का पुर्यायो । यसलाई २ वर्ष पछाडी सारियो ।

पर्यटन क्षेत्रबाट वैदेशक मुद्राको आर्जन मात्रै नभइ हजारौका संख्याले रोजगारी प्राप्त गर्ने गर्दछन् ।

प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पर्यटन क्षेत्रले रोजगारीको सिर्जना गरिरहेको छ । जहाज उडाउने देखि लिएर तिनै पर्यटकलाई रिक्सामा राखेर गुडाउने सम्मले रोजगारी पाइरहेका हुन्छन् । पर्यटनबाटै होटल, लज, र्‍याफ्टिङ, बन्जिजम्पिङ, हिमाल आरोहण, पथप्रदर्शक, सहासिक खेल लगायता संलग्न थुप्रैले रोजगारी प्राप्त गर्छन् ।

होटल, लज, रिसोर्ट लगायतकाले मात्रै नभइ यातायात व्यवसायिक, हस्तकला, चित्रकला, फाइनआर्टजस्ता क्षेत्रको उत्पादन विक्रिवितरण र व्यवसायले पनि नराम्ररी आफ्नो पेशा गुमाउन पुगेका छन् । यसबाट उन्मुक्ति पाउन लामै समय लाग्ने देखिन्छ ।
उर्जा क्षेत्रमा पारेको प्रभाव :

पछिल्लो समय हाम्रो देशमा विद्युत उत्पादनमा बृद्धिहुँदै गएको र प्राधिकरणले पनि आफ्ना कमजोरीहरु सुधार्दै यसै वर्षभित्र एघार अर्ब नाफा गर्न सफल भएको सन्दर्भमा कोरोनाको प्रकोपपश्चात् उद्योग कलकारखाना लगायतका व्यवसायिक खपत कम हुन गई नियमित आयमा कमी भएको छ ।

एकातर्फ व्यसायिक खपत कम भएको छ भने अर्को तर्फ निर्माणाधीन आयोजनाका कार्यक्रम पनि श्रमिकले कोरोनाकै कारण काम गर्ने वातावरण नहुँदा थप ढिलाइ हुन जाने निश्चित भएको छ । जसले लागत बृद्धि हुन गई थप समस्याको सामना गर्नुपर्ने देखिएाके छ ।

रोजगारीमा पर्ने प्रभाव :

पछिल्लो तथ्यांकअनुसार चालिसदेखि पचास लाख जनशक्ति वैदेशिक रोजगारीमा रहेका छन् । अहिले कोरियालगायत खाडी राष्ट्रहरुमा श्रमिकको संख्या धेरै छ । यसबाहेक भारतमा हजारौं श्रमिक रहेका छन् । त्यस्तै छिटफुट रुपमा रहेका मकाउ, अफगानिस्तान आदि देशहरुमा पनि ठुलै संख्यामा नेपालीहरु कामदारका रुपमा रहेका छन् ।

विदेशमा रहने कामदारले पठाएको रेमिट्यान्स् आइरहेपछि त्यसैको पैसाले सामान आयत भैरह्यो । आयत भइरहेपछि बैंक र निजी क्षेत्रका व्यापारी निश्चिन्त भई आआफ्नो व्यवसायमा अगाडी बढ्न पाए । सरकारले पनि राजस्व पाइरह्यो । यसको विकल्प खोज्नै पर्ने बाध्यताको पनि कसैले अनुमान गरेनन् ।

बैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण स्थायी समाधान होइन भन्ने बहस त बेलाबेलामा चल्ने गरेका थिए । तर त्यस विषयलाई कसरी सामान्यीकरण गर्ने ? आफ्नै देशमा कसरी रोजगारी सिर्जना गर्ने ? उद्योगधन्दा कसरी खोल्ने भन्नेतर्फ कुनै पनि सरकारको ध्यान गएन । उल्टै भएकै उद्योगहरु पनि विविध कारणले बन्द हुन पुग्यो ।

हाम्रो देशमा दाजुभाइ, दिदिबैनीले रोजगारी प्राप्त गरेका देशमा रोजगारीको अवसर घटेर गएमा अवश्य नै उनिहरु स्वदेश फर्कनेछन् । आफ्नै देशमा रोजगारीको अवसर पनि देखिदैन । विदेशमा रहेका श्रमिकमध्ये आधामात्रै नेपाल फर्के भने पनि त्यसले रेमिट्यान्समा पार्ने प्रभाव र उनीहरुले यहाँ नपाउने रोजगारीको समस्या ठूलो नै हुने छ ।

कोरोनाको महामारीले प्रभावित भएर यहिकै उद्योगधन्दा, कृषि पशुपालन लगायतका रोजगारीका क्षेत्रमा रहेकाहरुकै बिचल्ली भएको अवथा छ । फेरि हरेक वर्ष नेपाली श्रमबजारमा आउने ४ लाख ५० हजार भन्दा बढि श्रमिकलाई राज्यले रोजगारी त्यसको बीस प्रतिशतलाई त दिन नसकिरहेको अवस्थामा दश लाख नेपाली मात्रै नेपाल फर्किए भने कसरी उनीहरुको व्यवस्थापन गर्ने हो त्यो जटिल समस्या हुनेछ ।

विदेशमा अध्ययन गर्न गएका विद्यार्थीहरुलाई पनि कोरोनाको कारणले ज्यादै ठुलो समस्याको सामना गर्नु परिरहेको छ । केही समय काम गर्दै आफ्नो दैनिकी गुजारिरहेका हजारौंको संख्यामा रहेका नेपालीलाई पनि कठिनाइ थपिएको छ ।

यस्तो विपद्को बेला खासगरी सत्तासिन दल बढि जिम्मेवार ढंगले र दूरदर्शी भएर संक्रमणकालिन नीति योजना र कार्यक्रमको तय गरी विपक्षी लगायतका दलहरुसँग छलफल गरी गम्भीरतापूर्वक कोरोनाबाट प्रभावित तथा समग्र अर्थतन्त्रलाई पुनर्जीवन दिने कार्यमा अत्यन्तै चनाखो भए हर तरहले प्रयास गरी आगामी दिनमा पार्न सक्ने प्रभावलाई समेत ख्याल गर्दै उचित कदम चाल्नुपर्ने देखिन्छ ।