काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।