• मंसिर १३ २०८१, बिहीबार

पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि बढ्यो, १५ दिनमा दुई अर्ब घाटा हुने

फाल्गुन ४ २०७८, बुधबार

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको जानकारी दिदैं १५ दिनमा दुई अर्ब घाटा हुने बताएको छ ।

बुधबार इण्डियन आयल कर्पाेरेशन (आईओसी) ले नयाँ मूल्य सूची पठाएपछि निगमले विज्ञप्ति जारी गर्दै १५ दिनमा दुई अर्ब घाटा हुने जनाएको हो ।

विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा आईओसीले नयाँ मूल्य सूची पठाएको पनि निगमले जनाएको छ ।

आईओसीले पठाएको सूचीअनुसार प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ ।