• मंसिर १३ २०८१, बिहीबार

यी भारतीय क्रिकेटर एक समय चरम गरिबीमा थिए

फाल्गुन ४ २०७८, बुधबार

काठमाडौं । स्तरबाट क्रिकेट खेल्ने भारतका प्रायः खेलाडी करोडपति बनिसकेका छन् । उनीहरू दिनकै लाखौं रूपैयाँ कमाउँछन् । यिनीहरुको जीवनस्तर आकाशिएको पनि देखिन्छ । तर कुनै दिन यी खेलाडी चरम गरिबीको रेखामुनि थिए ।

निकै सामान्य परिवारका उनीहरु आर्थिक रुपमा अहिले निकैसम्पन्न भैसकेका छन् । सामान्य परिवारबाट आएर करोडपति बनेका ६ चर्चित भारतीय क्रिकेटरको यहाँ चर्चा गरिएको छ ।

जसप्रित बुमराह

भारतीय टिमका तीव्र गतिका बलर जसप्रित बुमराहको नाम विश्व क्रिकेट जगतमा अझै पनि निकै माथि छ । तर, उनी कुनै समयमा निकै गरिब थिए ।

उनी सात वर्षको हुँदा उनका बुबा जसवीर सिंहको निधन भएको थियो । त्यसपछि उनको जीवनमा बज्रपात आइपरेको थियो । उनीसँग जुत्ता र टी–सर्ट किन्न पैसा समेत हुँदैन थियो ।

तर आज उनी क्रिकेट खेलमा जोडिएपछि करोडपति बनेका छन् ।

मोहम्मद सिराज

भारतीय टिमका तिव्र गतिका बलर मोहम्मद सिराजको कथा पनि निकै चर्चित छ । उनका बुबा रिक्सा चलाउने गर्थे ।

सिराजलाई क्रिकेटर बनाउन उनले निकै मिहिनेत गरेका थिए । अन्तमा, उनको भाग्यले पनि साथ दियो ।

अहिले उनी भारतीय टेस्ट टोलीको एक महत्वपूर्ण हिस्सा बनेका छन् ।

कृणाल र हार्दिक पाण्ड्या

हार्दिक र कृणाल पाण्ड्या क्रिकेट जगतमा निकै ठूला र चर्चित व्यक्ति हुन् । यी दुई भाइलाई विश्वकै उत्कृष्ट अलराउन्डर मानिन्छ ।

हार्दिक र कृणालका बुबा फाइनान्सिङको काम गर्थे । तर, त्यसबाट धेरै कमाउन सकेनन् । सन् २०१० मा उनलाई हृदयघात भयो ।

स्वास्थ्य बिग्रिएपछि उनले काम गर्न सकेनन् । जसका कारण घरको अवस्था निकै नाजुक बन्यो । उनको परिवार भाडाको घरमा बस्दै आएको थिए ।

त्यो समयमा उनी खानेकुरा नपाएर मकै खाएर बस्थे । तर, अहिले यी दुई खेलाडी करोडौं रुपैयाँ कमाउँछन् ।

रविन्द्र जडेजा

विश्वका उत्कृष्ट अलराउन्डर रविन्द्र जडेजा अहिले विलासी जीवन बिताइरहेका छन् ।

उनको करोडौंको बंगला छ र उनको शोख पनि निकै ठूलो छ । तर, जडेजाका बुबा सुरक्षा गार्डको काम गर्थे ।

महेन्द्रसिंह धोनी

भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी विश्वका सबैभन्दा धनी र सफल क्रिकेटर हुन् ।

आज धोनीको कमाइ करोडौंमा छ । तर, धोनी पनि एकदम साधारण परिवारबाट आएका हुन् । आज लाखौं करोडको गाडी र धेरै विलासी घरका मालिक धोनीको बाल्यकाल एकदमै साधारण थियो ।

टोलीमा प्रवेश गर्नुअघि धोनीले आर्थिक समस्यालाई ध्यानमा राख्दै रेलवेमा टिकट कलेक्टरको जागिर पनि लिएका थिए ।

टी नटराजन

भारतीय टीमका तीब्र गतीका बलर टी नटराजनको बारेमा सारा विश्वलाई थाहा छ ।

यी खेलाडीको परिवार पहिले निकै गरिब थियो । उनको परिवारमा पाँच सन्तान थिए ।

ती सन्ततीलाई राम्ररी हुर्काउन उनका पितासँग पैसा पनि थिएन । तर, नटराजनले आईपीएलमा डेब्यु गरेदेखि नै उनको भाग्य फेरिएको छ ।