काठमाडौं । टी–२० सिरिजअन्तर्गत अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई १६ रनले पराजित गरेको छ ।
ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो । जितका लागि १२८ रन चाहिए पनि नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १११ रन मात्र बनायो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन बनाए । यस्तै आशिफ शेखले २३, कुशल भुर्तेलले १५ र कमलसिंह ऐरीले १३ रन बनाए । बलिङतर्फ आयरल्यान्डका लागि मार्क आदिर, सिमी सिंह, एन्डी माइकब्राइन र ब्यारी जनले दुई दुई विकेट लिए ।