काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ।
बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीभष्मराज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।