काठमाडौं । अभिनेत्री/निर्देशक/निर्मात्री रेखा थापाले जाजरकोटका बलराम शाही ठकुरीसँग विवाह गरेकी छिन् ।
एक वर्षदेखि चिनजान भएको यो जोडीले दुई साता अघि ‘कोर्ट म्यारिज’ गरेका हुन् । फिल्म ‘हिरो’बाट नेपाली रजतपटमा पाइला चालेकी रेखा पछिल्लो समय राजनीतिमा सक्रिय छिन् ।
रेखाका अनुसार उनीहरुले दुवै परिवारको सहमतिमा कोर्ट म्यारिज गरेका हुन् । बलराम र रेखाको उमेर अन्तर दुई वर्षको छ ।
रेखा ३८ वर्षकी भइन् भने बलराम ४० पुगिसकेका छन् । इजरायलमा बस्दै आएका बलराम पर्यटन व्यवसायी हुन् ।
अभिनेत्री रेखाको यो दोस्रो विवाह हो । यसअघि उनले निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् ।
१० वर्ष अघि छविसँग सम्बन्धविच्छेद गरेपछि उनी आमाका साथ मित्रपार्कमा बस्दै आएका थिइन् ।