काठमाडौं । चारदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गतको ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएइ) सँग पराजित भएको छ ।
नेपाल युएईसँग २५ रनले पराजित भएको हो। एक सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६७ रन लिएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १९२ रन जोड्यो।
नेपालले हिजो भएको पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो। नेपालले चार देश सम्मिलित टी ट्वान्टी सिरिजमा अन्तिम खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ।