सामान्यतया महिलाको स्वर पुरुषको भन्दा मसिनो र सुरिलो हुन्छ । ११–१२ वर्षको उमेरसम्म केटाकेटी दुवैको स्वर सुरिलो हुन्छ । तर, उमेर बढ्दै जाँदा केटाहरुको स्वर भने मोटो हुँदै जान्छ । ११ देखि १३ वर्षको उमेरमा शरीरमा विभिन्न ग्रन्थीद्वारा हर्मोनको उत्पादन हुन्छ ।
ती हर्मोेनले शरीरमा थुप्रै परिवर्तन ल्याउँछन् । विभिन्न भागमा रौं उम्रनु, केटीहरुमा रजस्वला हुनु र केटाको स्वर धोद्रो हुँदै जानु हर्मोनबाट हुने मुख्य परिवर्तन हुन् ।
यसै क्रममा केटाको शरीरमा उत्पादन हुने टेस्टोस्टेरोन नामक हर्मोनले स्वरमा परिवर्तन ल्याउँछ । यसले घाँटीभित्र हुने भोकल कर्डस् लाई लामो र बाक्लो बनाउनुको साथै ल्यारिङ्कसको आकारमा पनि भिन्नता ल्याउँछ । जसले गर्दा केटाको स्वर धोद्रो र मोटो हुन थाल्छ ।
र केटीहरुमा भने टेस्टोस्टेरोन हर्मोन उत्पादन नहुने हुँदा तिनको भोकल कर्डस् र र ल्यारिङ्कसमा खासै परिवर्तन आउँदैन । त्यसैले प्रायः महिलाको स्वर तिखो र सुरिलो हुने गर्छ । Hormone उत्पन्न हुन्छ ।
पाठेघरमा बढी मात्रामा हर्मोन उत्पन्न भएपछि साँझबिहान ज्वरोसमेत आउँछ र मुख नमिठो हुन्छ । त्यसैले महिलाहरु अमिलो, पिरो स्वाद भएका खाद्यपदार्थ खान खोज्छन् ।