इथियोपियामा पाइने एनसेट नामको फल जलवायु परिवर्तनमा नयाँ सुपरफुड र जीवनरक्षक सावित हुनसक्छ भन्ने कुरा वैज्ञानिकहरुले बताएका छन् ।
हालै ‘इनभायोरोमेन्टल रिसर्च लेटर्स’ नामक जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार केरासँग मिल्दो जुल्दो यो प्रजातिले तापमान वृद्धि भइरहेको यो विश्वका १० करोडभन्दा बढी मानिसको पेट भर्नसक्छ । इथियोपिया बाहेक अन्य देश वा इलाकामा यो बोटबारे धेरैलाई थाहा छैन । त्यहाँ यसको उपयोग हलुवा र रोटी बनाउन प्रयोग गरिन्छ । यद्यपि, बोटको केराजस्तो फल खान योग्य हुँदैन ।
अफ्रिकामा यो फल ठूलो परिमाणम उत्पादन गर्न सकिने यो शोधबाट पत्ता लागेको छ । इथियोपियामा आवासा के हवासा युनिभर्सिटीका डा. वेन्डावेक अबेबेले यो प्रजातिलाई खाद्य सुरक्षा र विकासका लागि निकै महत्व दिएका छन् । एनसेटलाई नक्कली केरा पनि भनिन्छ । यसलाई केरासँग मिल्दोजुलल्दो प्रजाति पनि भनिन्छ । हालसम्म यसको उपयोग इथियोपियाका केही हिस्सामा मात्रै भइरहेको छ ।
यसको डाँठ र जरामा भरपूर मात्रामा स्टार्च पाइन्छ । यसैले बिरुवाको उक्त हिस्सालाई हलुवा र रोटी बनाउन प्रयोग गर्न सकिन्छ । एनसेट इथियोपियाको प्रमुख खाद्य पदार्थमा समावेश छ । त्यहाँका लगभग २ करोड मानिस भोजनका लागि यो बोटमा निर्भर छन् ।
यो बोटलाई अन्य स्थानमा रोपिन्नँ तर दक्षिण अफ्रिकाको दक्षिणमा जतिजति अघि बढ्दैछ, त्यति त्यति यो बोटको फल ठूलो हुन्छ । यो विशेषतालाई हेरेर मानिसले यो फल अन्य स्थानमा पनि फलाउन सम्भव भएको मान्यता राखेका छन् । कृषि सर्वेक्षण र मोडलको सहारामा वैज्ञानिकले आगामी ४ दशकमा एनसेटमा लुकेको सम्भावनाको अनुमान लगाइएको छ ।
वैज्ञानिकका अनुसार यो बालीले अफ्रिकाको करिब १० करोड मानिसको भोजन आवश्यकता पुरा गर्न सक्छ । यसबाट इथियोपिया, केन्या, युगान्डा र रुवान्डासहित अन्य अफ्रिकी देशसम्म खाद्य सुरक्षाको विस्तार हुनसक्छ । रोयल बोटानिक गार्डनको अनुसन्धानकर्मी जेम्स बोरेलले भनेका छन्, ‘बाली खाली भएको समयमा यो एनसेट बिरुवा लगाउन सकिन्छ । यसबाट खाद्य सुरक्षा पनि प्राप्त हुन्छ ।’
डा. बोरेल भन्छन्, ‘यी बिरुवामा वास्तवमै यस्तो गुण हुन्छन् जसबाट यो बिलकुल अचम्मको बाली हुन सक्छ । जस्तै कि यसलाई कुनै पनि मौसममा लगाएर भित्र्याउन सकिन्छ । यो बाह्रमासे फल हो । त्यसैले मानिसले यसलाई भोकबाट बचाउने रुख भन्छन् ।’ इथियोपिया यस्तो अफ्रिकी देश हो जहाँ कयौँ उपयोगी बिरुवाको विकास भएको छ । जस्तैः कफी ।
जलवायु परिवर्तनका कारण पुरै अफ्रिका र यसबाहिर पनि प्रमुख खाद्यबालीको उत्पादन र यसको विस्तारमा गम्भीर असर पर्ने अनुमान गरिन थालेको छ । सिमित बालीमा मानिसको निर्भरतालाई मध्य नजर गर्दै भोकबाट विश्वलाई बचाउनका लागि नयाँ–नयाँ बिरुवाको खोजी तीव्र रुपमा भइरहेको छ ।
हामी दैनिक जति क्यालोरी खान्छौं त्यसको आधा हिस्सा केवल मकै, गहुँ र चामलबाट पूरा हुनेगर्छ । यस बारे डा. बोरेलले भनेका छन्, ‘पुरा विश्वमा हाल जतिपनि प्रजातीको उपयोग हुन्छ हामीले त्यसमा विविधता ल्याउन आवश्यक छ । बीबीसी ।