(कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोनको व्यापक फैलावट र संक्रमणसँगै नेपालको जनस्वास्थ्य संकट निम्त्याउँदै गैरहेको छ । ओमिक्रोन कस्तो भाइरस हो, यो कसरी सर्छ र यसबाट बच्नका लागि के गर्नुपर्छ भन्ने बारेमा जनस्वास्थ्यविद तथा डाक्टर अनुप सुवेदीसँग गोलखबर डटकमका संवाददाताले लिएको समसामयिक अन्तर्वार्ता यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ– सम्पादक ।)
१. सरकारले ओमिक्रोन भेरियन्टको संक्रामक असर कम गर्न सिनेमा हल, डान्सबार, सुपरमार्केट, सांस्कृतिक क्रियाकलाप तथा भेलाहरु विद्यालयलगायतका भिडभाड हुने स्थानहरु माघ १५ सम्मका लागि बन्द गर्न आदेश दिएको छ । यो व्यवहारिक छ ?
संक्रमणको ग्राफ निकै निकै बढ्दो छ । उकालो लागिरहेको छ । यसले पनि तेस्रो चरणको लहर आएको जस्तो देखिन्छ । केही हप्ता संक्रमण निकै बढ्ने नै देखिएको छ । काठमाडौंमा बढी देखिए पनि देशको कुन कुन भागमा बढिरहेकोछ, त्यसको एकिन जानकारी हासिल हुनु पर्छ ।
ओमिक्रोन संक्रमण सहरी क्षमेत्रमा बढि देखिएको छ । विदेशबाट आउनेहरुका कारण पनि यो बढि देखिएको पनि हो । सरकारले गरेको आदेश पलना गरिनु जरुरी छ । यसले महामारी संक्रमणको रोकथाममा सहयोग नै पुर्याउँछ ।
२. होइन, जस्ता मापदण्ड बनाए पनि संक्रमणको दर त रोकिएन । ओमिक्रोन कसरी फैलन्छ ?
ओमिक्रोन हावाबाट फैलने संक्रामक भाइरस हो । हावाबाट सर्ने भएकाले सरकारी मापदण्ड, जो २५ जना भन्दा कम जम्मा हुन पाउने भनिएको छ, यसले त संक्रमण गरिहाल्छ, फैलिइहाल्छ । संख्या कम हुनु वा बढि हुनुको कुरा होइन ।
यसका लागि त सरकारले केही वा २/४ जना पनि भेटघाट हुन नपाइने भनिदिए धेरै राम्रो हुने थियो । संक्रमण बढ्दै जान थालेपछि यसले लिने पिक वा उचाइ भनेको एक महिनाभन्दा बढि रहँदैन । यस कुरामा सरकारले पनि ख्याल पुर्याउनु पर्छ ।
३. संक्रमण बढ्दो छ, अस्पातालले संक्रमित बिरामीको चाप धान्न सक्ला कि नसक्ला ?
हो, संक्रमण निकै चुलिदो छ । यसले आउँदा केही हप्ता बिरामीको चाप पनि बढ्ने देखिएको छ । अस्पतालमा अहिले भेन्टिलेसन, अक्सिजन, स्वास्थ्य कर्मी बेड तथा वार्डहरुको मात्रा सिमित छ । यसले समस्या ल्याउन सक्छ ।
यो तयारीका लागि व्यवस्थापनका साथै सरकारले पनि उचित ध्यान दिनु पर्छ । अहिलेदेखि यिनै कुराहरुमा उचित ध्यान दिन सकिए धेरै संख्यामा हताहती हुन पाउने थिएनन् ।
अहिले २/४ जना नै किन नहोऊन्, तिनलाई पनि किन भेला हुन दिने ? संक्रमण बढिरहेको बेलामा यो क्रियाकलाप त ठप्प रोकिनु पर्छ । यो त हावाबाट सर्ने भाइरस हो । २ जना, ४ जना होऊन् कि १० जना ? सरिहाल्छ, फैलिइहाल्छ ।
यसका लागि आउट डोर त हुँदै हो, इन्डोर भेला र आवत जावत पनि पूरै रोक्नु पर्छ । यसले त हामीले सामान्य विज्ञानसम्मत कुराहरु पनि बुझ्न सकेनौ कि बुझ्न चाहेनौ भन्ने देखाइरहेको छ ।
४. अहिले सहरी क्षेत्रमा के गरेको भए संक्रमण नियन्त्रण हुन सक्थ्यो ?
पहिलो कुरो त यो यसरी बढ्छ भन्ने सबैलाई जानकारी नै भएन । यो यति धेरै संक्रमणशील होला भन्ने पनि अनुमान भएन । अफ्रका, युरोप र अमेरिकामा यसरी नै बढिरहेको त थियो, तर नेपालमा आएर यति छिट्टै सबैलाई संक्रमित बनाउँछ भन्ने कुरामा हेक्का रहेन ।
संक्रमणको भारका बारेमा पनि केही उदारता नै रह्यो । यसै कारणले पनि यसले फैलने मौका पायो । यो अहिले दिन गुणा र रात चौगुणा संक्रामक स्वरुप लिइरहेको छ ।
५. नेपालमा ओमिक्रोन आयो भनेको त दुई महिना पहिले नै होइन र ?
हो, ओमिक्रोन आएको दुुई महिना पहिले नै हो । त्यो भन्दा पहिले पनि हुन सक्छ । लक्षण देखिएकालाई पो परीक्षण गरियो । नदेखिएका थुप्रै हुन सक्छन् । दुई ममहिना पहिले नै देखिएको हुनाले यो समयमा यो पिकमा जान्छ भन्ने अनुमान त थियो नै । यसमा कुनै आश्चर्य छैन ।
६. उता ओमिक्रोन आयो भनियो, यता राजनीतिक दलहरु महाधिवेशनमा जुटे । यसले केही असर गरयो होला ?
राजनीतिक पार्टीका यस्ता गतिविधि निकै जिम्मेवार छन् । हामीले देशभरिका मानिस ल्याएर थुपार्यौं । उनीहरुलाई फेरि देशभरि फिंजायौं । यसले पनि ओमिक्रोन फैलन ठूलो सघाउ पुर्यायो, प्रक्रियागत हिसाबले ।
तर मलाई अनौठो लागेको कुरा त दल र यसका नेताहरुले ओमिक्रोन जस्ता संक्रामक भाइरसका बारेमा केही पनि बुझेनन् । राज्य संयन्त्र चलाउने मानिसहरुले नै यसो गरेपछि अब के हुन्छ, देशमा ? यो त हदैसम्मको गैरजिम्मेवारीपन न देखियो ।
एउटा अधिवेशन चलाए, धेरै ठूलो कुरा भएन, तर ओमिमक्रोनका बारेमा जानकारी राख्न नै चाहेनन् त्यो घातक कुरा हो । यो विषयमा सामान्य विवेक पनि देखिएन ।
७. अहिले देखिएको डेल्टा भेरियन्ट पनि हो कि ओमिक्रोन मात्र हो ?
पहिलो कुरा त नेपालमा यो ओमिक्रोन भाइरस हो भनेर ‘जीन सेक्विन्सिङ’ गर्ने प्रविधि नै छैन । अहिले त हामीले ३०/३५ जनामा मात्र जीन सेक्विन्सिङ गरेकाले तिनीहरुमा ओमिक्रोन देखियो भनेका हौं । धेरैलाई वा सबैलाई गर्ने हाम्रो उपकरण छैन ।
तर काठमाडौं लगायतका सहरी क्षेत्रमा धेरैजसो त ओमिक्रोनको संक्रमण नै हो । पुरानो भेरियन्ट पचिसकेको हुन्छ । जति नयाँ संक्रमण देखिन्छ, त्यो नयाँ वा ओक्रिोन भेरियन्ट नै हो । यसका आशंका पाल्नु हुँदैन ।
देख्दा अहिले कसैकसैमा डेल्टा देखिए पनि अबका दिनमा ती सबै ओमिक्रोन प्रभावित नै हुन् ।
८. त्यसो भए ओमिक्रोनको संक्रमण अहिले आम भैसकेको छ, हो ?
हो, एकदमै हो । यो बीचमा भेरियन्ट पनि नयाँ भयो, अर्कोतिर खोप लिएको ५/६ महिना भैसकेकाले नयाँ र पुरानै भए पनि कारोना भेरियन्टले आक्रमण थालिहाल्छ । यस बेलामा ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरु नयाँ संक्रमणका कारण आक्रान्त हुन थालिहाल्छन् ।
राम्रै भ्याक्सिन कोभिसिल्ड लगाउनेलाई पनि यसले संक्रमण गरिरहेको छ । हामी अहिले भ्रममा पर्न हुन्न । यसले आमस्वरुप धारण गरिसकेको छ ।
९. डेल्टा र ओमिक्रोनको लक्षणमा केही भिन्नता छ ?
लक्षणमा भिन्नता देखिएको छैन । जनमानसले त यसलाई निकै सामान्यीकरण गरेर पनि बुझ्ने गरिरहेका छन् । उनीहरुले मलाई घाँटी त दुखेको हो, ओमिक्रोन छैन भन्छन् । रुघाखोकी लागेको छ, सामान्य हो भन्छन् ।
मलाई ग्रस्त पारेकै छैन, थलिएकै छैन भन्ने पनि गरेका छन् । ख्याल राख्नु पर्ने कुरा के हो भने ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक भाइरस भने होइन । यसको असर देखिन पनि बाँकी छ ।
अर्को कुरा, मानिसले खोप पनि लगाइसकेका छन् । अघिल्लो भेरियन्टलाई जितेर प्रतिरोधी क्षमतामा पनि विकास भएको छ । यसले गर्दा पनि अहिलेको कम प्रभावित भएको अवस्था देखिएको हो ।
१०. कोरोना संक्रमणपछि परीक्षण गराउने आर्थिक हैसियत पनि त छैन जनताको ? यसलाई कसरी लिनु भएको छ ?
हो, जनतामा कोरोना परीक्षण गर्ने आर्थिक समस्या छ । सरकारी अस्पतालमा १ हजार र निजीमा २ हजार लिने गरेको छ । लागेको भेटिए पछि त्यो निको भयो कि भएन वा निगेटिभ रिजल्ट ल्याउन फेरि उत्तिकै मात्रामा आर्थिक खर्च गर्नुपर्छ । यो सर्वसाधरणका लागि समस्याको कुरा हो ।
तर मानिसलाई लक्षण देखिएमा वा चेक गराउन चाहेमा, सरकारी होस् वा निजी, अस्पतालले सेवा र सुविधा दिएका छन् । यो राम्रो पक्ष पनि हो । सकभर सरकारी सेवा सुविधा निशुल्क हुनु राम्रो हो ।
११. परीक्षण कीट यतिका महंगो हुन्छ र ? एन्टिजेन गरेको १ हजार र पिसिआर गरेको २ हजार शुल्क परिरहेको छ ?
सबैलगाएर यसको परल मूल्य ५ सयभन्दा बढि होइन । यस अर्थमा एन्टिजेन र पिसिआरको मोल त्यति तिर्नु पर्दैन पनि । एन्टिजेनको व्यवहारिक मूल्य २ वा अढाइ सयभन्दा बढी पर्दैन ।
टेस्ट महंगो नै हो । अर्कोतिर निस्चित समयभन्दा खोप सुविधा दिइएको छैन । महामारीले हाहाकार बनाएको छ । तर खोप लगाउन भने निस्चित टाइम मात्रै दिइएको छ ।
टेस्ट सस्तो बनाइदिने र जुनसुकै बेला पनि लिन पाइने बनाउनु पर्छ । सरकारले यो विषयमा सोच्नु पर्छ । संक्रमण बढिरहँदा छिट्टै टेस्ट गर्न पाउनु पर्ने, कम शुल्कमा जहाँ पनि गर्न सकिने गरी सेवा र शुल्क जनताको पहुँचमा हुनु पर्छ ।